सर्लाही क्षेत्र नं. १ बाट राम प्रकाश चौधरी विजयी
मलंगवा: सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका राम प्रकाश चौधरी विजयी भएका छन् ।
सता गठबन्धनबाट उम्मेदवारी दिएका चौधरीले स्वतन्त्र उम्मेदवार मान बहादुर खड्कालाई ६ हजार ४ सय ३४ मतले पराजित गर्दै विजयी बनेका छन् ।
चौधरीले २४ हजार ८ सय ३८ मत प्राप्त गरेका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी मान बहादुर खड्काले १८ हजार ४ सय ४ मत ल्याएका छन् । एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका प्रमोद साह १४ हजार २ सय ५५ मत प्राप्त गरेका छन् ।
चौधरी पूर्व प्रहरी निरीक्षक हुन् भने मान बहादुर खड्का लालबन्दी नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् । त्यसैगरी प्रमोद साह त्यसै क्षेत्रका निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् ।
एक लाख २२ हजार ४ सय ८७ मतदाता रहेका त्यस क्षेत्रमा ७५ हजार ९ सय ६१ मत खसेको थियो ।