सुत्केरीलाई स्वास्थ्य सामग्री
नुवाकोट: नुवाकोटको पुर्वी भेगमा रहेको तलाखुकी सुत्केरीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।
सदरमुकाम विदुरबाट ४५ किलोमिटर पूर्वमा रहेको शिबपुरी गाउँपालिका १ तलाखुकी रबीना नेपालीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शिवपुरी गापा कार्यालयले जनाएको छ ।
उनलाई शिवपुरी गापा अध्यक्ष गोविन्द थपलियाले स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।