काभ्रे-१(क)बाट माओवादी केन्द्रका ढकाल विजयी

काभ्रे-१(क)बाट माओवादी केन्द्रका ढकाल विजयी

काभ्रे: काभ्रे जिल्लाको प्रतिनिधि सभा १ को प्रदेश सभा (क) बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रत्नप्रसाद ढकाल बागमती प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।

ढकाल बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुन् । 

ढकालले प्रतिष्पर्धी नेकपा एमाले पार्टीका उम्मेदवार  दिलबहादुर तामाङ दिलीपलाई ९ हजार ४४२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । 

निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालका अनुसार माओवादी केन्द्रका उम्मेदवार ढकालले  २० हजार ७२० मत प्राप्त गरी विजयी भएको जानकारी दिए । उनका निकटतम प्रतिष्पर्धी एमालेका तामाङले ११ हजार २७८ मत प्राप्त गरेका छन् । अघिल्लो ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट एमाले र माओवादीका साझा उम्मेदवारको रूपमा प्रदेश सभा सदस्य मा नै विजयी भई ढकाल बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री समेत थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.