रौतहट ४ मा तिमल्सिनाको जित
रौतहट: प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना निर्वाचित भएका छन् ।
तिमल्सिनाले ३४ हजार १६१ मत पाएका छन भने निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार उद्धवप्रसाद रेग्मीले २६ हजार ५५९ मत पाएका छन् ।
तिमल्सिना ७ हजार ६०२ मत बढी ल्याएर विजयी भएका हुन् । विजयी तिमल्सिना दोस्रो पटक यस क्षेत्रमा विजय भएका सासद हुन् ।
तिमल्सिना २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।