नुवाकोट-१(ख)मा रमेशकुमार महत विजयी
नुवाकोट: नुवाकोटको क्षेत्र नं. १ (ख) को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन् ।
महतले एमालेका पुर्णलाल श्रेष्ठलाई एक हजार ८९६ मतले पराजित गरे ।
प्रदेश सभा सदस्यमा विजयी महतले १३ हजार ७२७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका श्रेष्ठले ११ हजार ८३१ मत पाएका थिए ।