पूर्वमन्त्री प्रभु साह विजयी
रौतहट : रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा पूर्वमन्त्री प्रभु साह निर्वाचित भएका छन्।
एमालेको टिकट अन्तिम समयसम्म होल्ड गरेर स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री साहले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई पराजित गरेका हुन् ।
स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री साहले ३२ हजार ४ सय ३७ मत पाए भने पराजित अर्का स्वतन्त्र उम्मेदवार जयसवालले २५ हजार २ सय मत पाए ।
सो क्षेत्रमा माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५ सय ५८ मत ल्याएका छन ।