बर्दिया १ मा कांग्रेसका  सञ्जयकुमार गौतम निर्वाचित

बर्दिया १ मा कांग्रेसका  सञ्जयकुमार गौतम निर्वाचित

गुलरिया : प्रतिनिधिसभा सदस्य बर्दिया क्षेत्र नम्बर १ मा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य संजयकुमार गौतम निर्वाचित भएका छन्। 

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजितगर्दै गौतम विजयी भएका हुन्।
    

गौतमले ३० हजार ६११ मत र ज्ञवालीले २६ हजार १५५ मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारुले २३ हजार ९९३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए। 

बर्दियामा दुईवटा प्रतिनिधिसभा सदस्य पद तथा ३ वटा प्रदेशसभा सदस्य पदको मतगणना सकिएको छ। प्रत्यक्ष तर्फ प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (२) को मतगणना कार्य मात्र जारी छ। लगत्तै समानुपातिक तर्फको मतगणना सुरु हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.