महोत्तरी २ (ख) मा सुरिता साहको दोस्रो जित
जनकपुरधाम : महोत्तरी क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार सुरिता साह निर्वाचित भएकी छन्।
साहले सत्तारूढ गठबन्धनका उम्मेदवार तथा कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवलाई १ हजार ७ सय ६६ मतान्तरले हराउँदै निर्वाचित भएकी हुन्।
साहले ८ हजार ५ सय ६८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी यादवले ६ हजार ८ सय २ मत ल्याए। साह २०७४ सालको निर्वाचनमा पनि राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएकी थिइन्। अघिल्लो
सत्तारूढ गठबन्धनबाट लोसपाबाट टिकट नपाएपछि स्वतन्त्र उठेकी थिइन्।