मधेश प्रदेशका गृहमन्त्री साह दोस्रोपटक प्रदेशसभामा निर्वाचित
महोत्तरी : मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। मन्त्री साह महोत्तरी निर्वाचन क्षेत्र नं. १ को ख क्षेत्रबाट प्रदेशसभा सदस्यमा हुन्।
गएराति सम्पन्न मतगणनाको अन्तिम मतपरिमाण अनुसार सतारुढ गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका साह विजयी हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
साहले आफ्ना निकटम प्रतिद्वन्द्वी जनता सामाजवादी पार्टीका उम्मेदवार रामश्रेष्ठ महतोलाई २ हजार ५ सय मतअन्तरले पराजित गरेका हुन्। साहले ८ हजार ३०१ मत हासिल गरेका छन् भने उनका निकटम प्रतिद्धन्द्धी जसपाका उम्मेदवार महतो ५ हजार ८७१ मत हासिल गरेका छन्।
त्यस्तै स्वतन्त्रका विनोदकुमार महतो ४ हजार ६१३ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन्। साह २०७४ सालको निर्वाचन यही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।