सर्लाही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका हरिप्रसाद उप्रेती विजयी
मलङ्वा : सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन् । उप्रेतीले सत्ता गठबन्धनका माओवादी केन्द्रका नेता नरेन्द्र साह कलवारलाई ७७० मतको मतान्तरले पराजित गरेका हुन्।
एमाले-जसपा गठबन्धनका उम्मेदवार उप्रेतीले ३२ हजार ९ सय ३८ मत प्राप्त गरेका छन् भने कलवारले ३२ हजार १ सय ६८ मत प्राप्त गरे। जनमत पार्टीका त्रिभुवन कुमार सिंहले ५ हजार ५१९ मत ल्याएर तेस्रो बने।