एमालेका उमाशंकर अरगरियालाई हराउँदै  कांग्रेसका रामकृष्ण यादव विजयी

एमालेका उमाशंकर अरगरियालाई हराउँदै  कांग्रेसका रामकृष्ण यादव विजयी

जनकपुरधाम : प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसका रामकृष्ण यादव १ सय ५७ मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यादव २० हजार १ सय १२ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर अरगरियाले १९ हजार ९ सय ५५ मत ल्याएर पराजय भोग्नु परेको छ ।

यस अघि जसपा नेपालबाट निर्वाचित भएका अरगरिया चुनाव अघि लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेर १८ दिने मन्त्री भएका थिए । पछि लोसपा त्यागेर एमाले प्रवेश गरेका अरगरियासँग यादवको कडा प्रतिस्पर्धा भएको थियो ।

यही क्षेत्रबाट एकीकृत समाजवादीका रामचन्द्र झाले १३ हजार ६ सय ५, जनता समाजवादी पार्टीका आनन्द यादवले १२ हजार ९ सय १, जनमत पार्टीका जयनारायण साहले ९ हजार ९ सय १ मत प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.