सत्ता गठबन्धनलाई पराजित गर्दै काभ्रे -२ मा एमालेका गोकुल बाँस्कोटा विजयी

सत्ता गठबन्धनलाई पराजित गर्दै काभ्रे -२ मा एमालेका गोकुल बाँस्कोटा विजयी

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा २ नेकपा एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवार शिवप्रसाद हुमागाईलाई ५ हजार ८६३ मतान्तरले पराजित गर्दै बाँस्कोटा निर्वाचित भएका हुन्। 

बाँस्कोटाले ४५ हजार ३४५ प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस नेता हुमागाईले ३९ हजार ४८२ मत ल्याएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले  १० हजार ५७३ मत प्राप्त गरी तेस्रो स्थान राख्न सफल भएका छन्। यो जितसँगै बास्कोटाको संसदको यात्रा दोस्रो पटक रहेको छ।

अघिल्लो २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट एमालेबाट बाँस्कोटाले  देशभरको तेस्रो ठूलो भारी मतान्तरले विजयी भएका थिए। बाँस्कोटाले त्यतिबेला नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यलाई पराजित गरेका थिए। नेकपा एमाले सरकारमा रहँदा सरकारको प्रवक्ता र सूचना तथा संचार मन्त्रीसमेत भएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.