नेपालीबीच भावनात्मक एकीकरण आवश्यक छ: डा. अहिराज
ओखलढुंगाः मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजले मधेस र पहाडको भावनात्मक एकीकरण आवश्यक भएको बताएका छन् । भूगोलसँगै भावनाको एकीकरण हुन जरुरी भएको उनको भनाई छ ।
रैथाने एकता परिषद्को व्यानरमा ओखलढुंगा पुगेका अहिराजले पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरे पनि नेपालीको भावनात्मक एकीकरण आवश्यक भएको भन्दै देश दौडाहामा रहेको बताए ।
७४ औं जिल्ला भ्रमणका क्रममा ओखलढुंगा पुगेका उनले भूगोलको एकीकरण भएकाले अब भावनाको एकीकरण गर्नुपर्ने बताए ।