कालीकोटका थरीथरी चुनावी रेकर्ड

कालीकोटका थरीथरी चुनावी रेकर्ड

कालीकोट : कालीकोटबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले रेकर्ड ब्रेक गरेका छन्। २०४८ सालपछिका निर्वाचनमा एक पटक निर्वाचित सांसद फेरि दोहोरिएका थिएनन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी शाहीले २०७४ र २०७९ साल गरी तीन वटा निर्वाचन जितेर रेकर्ड ब्रेक गरेका हुन्। उनले यस पटक २४ हजार ४ सय ७४ मत ल्याएर नेकपा एमालेका उम्मेदवार नगिन्द्र शाहीलाई पराजित गरे। नगिन्द्रले १६ हजार ४ सय १० मत प्राप्त गरे।

जुम्लाबाट २०३२ मंसिर २६ गते तत्कालीन पञ्चायत सदस्य धर्मदत्त उपाध्यायले जिल्ला विभाजन भई कालीकोट छुट्टै जिल्ला बनेपछि पहिलो निर्वाचन जिते। त्यसपछि २०३७ र २०४२ सालको पञ्चायतकालीन निर्वाचन उनैले जिते। जिल्लाका सबैभन्दा बढी समय सांसद हुने नेता उनै थिए। २०४६ सालमा बहुदल आएपछि भएको निर्वाचनमा नेपाली कांग्रेसका संस्थापक नेता तिलकप्रसाद न्यौपानेले जिते। २०५१ सालको मध्यावधि निर्वाचनमा तिलकलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार यज्ञराज न्यौपाने विजयी भए। उनी फेरि जिल्ला फर्किएनन्। २०५६ सालको निर्र्वाचनमा एमालेकै उम्मेदवार प्रेमबहादुर सिंह जिते। उनी पनि फेरि फर्किएनन्। 

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा द्वन्द्वबाट आएको तत्कालीन नेकपा माआवादीबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड विजयी भए। उनी २०६७ सालमा नेकपा माओवादी केन्द्रको विभाजनमा वैद्य समूहमा लागेर फेरि फर्किएनन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा वैद्य समूहले निर्वाचनमा भाग नलिँदा माओवादी केन्द्रबाटै पूर्वलडाकु, जनमुक्ति सेनाका कमान्डर महेन्द्रबहादुर शाहीले चुनाव लडे। उनैले विजय पनि हासिल गरे। त्यसयता लगातार महेन्द्रबहादुर शाही संसद् चुनिँदै आएका छन्। 

३० वर्षपछि कांग्रेसबाट सांसद

नेपाली कांग्रेस कालीकोटले ३० वर्षपछि सांसद पाएको छ। नेपाली कांग्रेस कालीकोटका अग्रज नेता हिक्मतबहादुर विष्ट कालीकोट प्रदेश सभा (२) मा निर्वाचित भएका छन्। उनले नेकपा एमालेका वीरेन्द्रबहादुर बोगटीलाई ७ हजार ९ सय ४४ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन्। उनी ३० वर्षपछि कांग्रेसबाट जित्ने पहिलो सांसद हुन्।

२०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसका संस्थापक नेता तिलकप्रसाद न्यौपाने सांसद जिते। त्यो जित गुट, उपगुटका कारण कांग्रेसले २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा टिकाउन सकेन। २०५१ सालको निर्वाचनमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार फेरि तिलकप्रसाद न्यौपाने नै थिए। उनका विरुद्ध कांग्रेसकै विष्णुबहादुर शाही बागी उठे। जसको फाइदा उठाउँदै एमालेका यज्ञराज न्यौपाने विजयी भए। त्यसयता कुनै चुनावमा कांग्रेसले जितेन ।

२०७० सालमा कांग्रेसबाट युवा नेता भूपेन्द्रजंग शाहीले टिकट पाए। सिनियर नेतालाई टिकट नदिएको भनेर पार्टीभित्रकै असन्तुष्टि र गुटकै कारण उनलाई असहयोग गरी हराइयो। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको जित्ने सम्भावना हुँदा वाम गठबन्धन भएर झिनो मतले उनै शाही पराजित भए। कांग्रेसबाट कोही पनि सांसद बनेनन्। झन्डै ३० वर्षदेखि गुमाउँदै आएको सांसद पद बल्ल २०७९ सालमा नेपाली कांग्रेस, माओवादीबीच भएको गठबन्धनका कारण कांग्रेसले प्राप्त गर्न सफल भयो। 

कोटको विजय

रोचक कुरा जिल्लामा प्रायः कोटकै सांसदहरू विजयी बन्दै आएका छन्। २०३२, २०३७ र २०४२ सालको निर्वाचनमा रास्कोटका धर्मदत्त उपाध्याय सांसद बने। तत्कालीन जिल्ला विकास समितिका सभापति कटकबहादुर शाहीका अनुसार २०४८ सालमा नेपाली कांग्रेसका नेता तिलकप्रसाद न्यौपाने सांसद बने। उनी राचुली धनाडाका थिए। उनलाई २०५१ सालको मध्यावधि निर्वाचनमा पराजित गर्दै रास्कोट फुकोटकै यज्ञराज न्यौपाने सांसद बने। फेरि सांसदमा कोटको विजय भयो। 

२०५६ सालको निर्वाचनमा फेरि डिल्लीकोटका नेकपा एमालेका प्रेमबहादुर सिंह विजयी बने। उनीसँग लडेका गेलाका नेपाली कांग्रेसका नेता नेत्रबहादुर शाही पराजित भए। त्यतिबेला पनि कोटकै विजय भयो। २०६४ सालमा तत्कालीन नेकपा माओवादीका नेता माल्कोटका खड्गबहादुर विश्वकर्मा विजयी भए। फेरि पनि कोटकै विजय भयो।

२०७० सालको निर्वाचनमा नानीकोटकै महेन्द्रबहादुर विजयी बने। त्यसपछि लगातार महेन्द्रबहादुर २०७४ र २०७९ गरी तीन कार्यकाल विजयी बने। जसबाट कालीकोटमा कोटको विजयले निरन्तरता पाउँदै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.