विश्वकप फुटबलको नालीबेली

विश्वकप फुटबलको नालीबेली

खेलप्रेमी दर्शकका लागि कतारमा अर्थात् एसियाली माटोमा दोस्रो पटक विश्वकप फुटबल महाकुम्भ जारी छ। अन्तिम पटक ३२ टोलीले सहभागिता जनाउने यस विश्वकपको फाइनल कतारको राष्ट्रिय दिवस डिसेम्बर १८ को दिन हुनेछ। जहाँ ४८ टोलीले सहभागिता जनाउँदैछ। नेपाली श्रमिकहरूले बनाएका कतारका ५ सहरका ८ वटा रंगशालामध्ये एउटा रंगशालाको नामकरण ९७४ (कतारको अन्तर्राष्ट्रिय डायलिङ कोड एवं जहाजजन्य विश्व व्यापारको सम्मानार्थ) राखिएको छ।

२२ औं संस्करणको यस विश्वकपमा सन् १९३४ विश्वकपमा इटालीजस्तै यस पटक कतारले आयोजक एवं नवप्र्रवेशी मुलुकको दर्जा पाएको छ। २०१४ विश्वकप विजेता इटाली यसपटक छनोट नै हुन सकेन भने कतिपय राष्ट्रहरू कोरोना महामारी, सुनामी र रुस–युक्रेन युद्धका कारण छनोट हुन पाएन। जबकि क्यानडा ३६ वर्षपछि र वेल्स ६४ वर्षपछि छनोट हुन सफल भयो। यसअघिका विश्वकपका नालीबेली यस प्रकार छ। सन् १९२४ र १९२८ को ओलम्पिकमा फुटबलको स्वर्णपदक जितेको तथा सन् १९३० मै स्वतन्त्रताको एक शताब्दी मनाइरहेको उरुग्वेलाई पहिलो विश्वकप फुटबल आयोजना गर्ने अवसर प्राप्त भयो। १३ टोलीले भाग लिएको यस विश्वकपमा फ्रान्सका लुसियन लरेन्टले पहिलो गोल गरे।

कुल १८ खेलमा ७० गोल हुन सफल भयो। अर्जेन्टिनाका गुइलेर्मो स्टेबाइलले सर्वाधिक ८ गोल गरे पनि फाइनलमा अर्जेन्टिनालाई हराई फ्रान्सका मूर्तिकार एबल लफ्लरले बनाएको सुनको ट्रफी आयोजक आफैंले राख्यो। युरोपेली राष्ट्रको बाहुल्य भएको १९३४ विश्वकपमा प्रतिशोधका कारण साबिक विजेता उरुग्वेले भाग लिएन। जर्सीमा नम्बर राख्न थालिएको यो विश्वकपको पहिलो खेलदेखि नै नकआउटका आधारमा खेलाइएको थियो। विश्वकपको इतिहासमा इटाली र अमेरिकाबीचको उद्घाटन खेलमै इटालीका स्कियभियोले ह्याट्रिक गर्‍यो।

तत्कालीन फिफा अध्यक्ष जुल्स रिमेटका लागि आफ्नै देशमा विश्वकपको आयोजना गर्न पाउनु प्रतिष्ठाको विषय थियो। युरोप र दक्षिण अमेरिकाबीच पालैपालो विश्वकप आयोजना गर्ने सहमति भयो। ब्राजिलका लियोनिदास सर्वाधिक गोलकर्ता भए पनि फाइनल खेलमा हंगेरीलाई हराई इटाली दोस्रोपटक विजेता बन्यो। सफलताले इटालियन कोच भिट्टोरियो पोज्जो दुईपटक विश्व विजेता टोलीका प्रशिक्षक बन्ने पहिलो र एकमात्र प्रशिक्षक बन्न सफल भयो। यसबीच सन् १९३६ को बर्लिन ओलम्पिकको फुटबलमा पनि इटालीलाई स्वर्ण पदक दिलाए।

यसै विश्वकपमा तत्कालीन डच इस्ट इन्डिज अर्थात् हालको इन्डोनेसियाले प्रथमपटक एसिया महादेशको प्रतिनिधित्व गरेको थियो। विश्वयुद्ध समाप्तिको पाँच वर्षपछि आयोजित चौथो विश्वकपमा १३ राष्ट्र सम्मिलित थिए। कीर्तिमानी दर्शकको उपस्थितिमा फाइनल खेलमा आयोजक ब्राजिल विजेता बन्नेमा सबै ढुक्क थिए। कारण ब्राजिलले बराबरी मात्र गरे पनि पुग्थ्यो। मध्यान्तरसम्मको गोलरहित तथा खेलको ४६औं मिनेटमा फ्रायकाको गोलमा ब्राजिलले अग्रता लिएको थियो। तर पनि पछि उरुग्वेले दुई गोल गरेर दोस्रोपटक विश्वकप जित्यो। इङ्लिस रेफ्रीले खेल सकिएको घोषणा गरेलगत्तै ७ जनाको हृदयाघातबाट मृत्यु भयो। ब्राजिलले भने यो पराजयलाई शोकका रूपमा मनायो। समूह निर्धारण गरी खेलाउन थालिएको सन् १९५४ विश्वकपमा विभाजनपछि छुट्टै राष्ट्रका रूपमा सहभागी पश्चिम जर्मनीले फाइनलमा त्यसबेलाको उत्कृष्ट टोली हंगेरीलाई दुईका विरुद्ध तीन गोलले पराजित गरी विश्व विजेता बन्यो।

यसरी १९५२ मा ओलम्पिक च्याम्पियन हंगेरीको ३१ खेलसम्मको अपराजित यात्रालाई पूर्णविराम पनि लगाइदियो। हंगेरीका सर्वोत्कृष्ट खेलाडी फेरेन्क पुस्कास घाइते भएर मैदानबाट बाहिरिनु परेकोले जर्मनीलाई यो सौभाग्य प्राप्त भयो। १५ दिनअगाडि मात्र यसै प्रतियोगिताको समूह चरणमा हंगेरीले पश्चिम जर्मनीलाई तीनका विरुद्ध आठ गोलले सजिलै पाखा लगाएको थियो। यस विश्वकपमा ब्राजिल र हंगेरीबीचको खेलमा भएको झगडा ‘ब्याटल अफ बर्न’को नामले चर्चित भयो। तटस्थ राष्ट्र स्विडेनमा आयोजित १९५८ विश्वकपको फाइनलमा आयोजक टोलीलाई हराउने ब्राजिलियन टोलीका पेले विश्वकप जित्ने कान्छो खेलाडी बने। दुइटै खुट्टा भाँचिइसकेको भए पनि स्थापन्न खेलाडीका रूपमा स्विडेन पुगेका फ्रान्सका जस्ट फोन्टेनले एकै प्रतियोगितामा (६ खेलमा) सर्वाधिक १३ गोल गरे। विश्वकपको इतिहासमा पहिलो पटक ब्राजिल र इङ्ल्यान्डबीचको खेलमा बराबरीमा टुंगियो।

खेलप्रेमी दर्शकका लागि यतिबेला कतारमा अर्थात् एसियाली माटोमा दोस्रो पटक विश्वकप फुटबल महाकुम्भ भइरहेछ। 

अबदेखि साविक विजेता र आयोजक स्वतः छनोट हुने नियम लागू भएको १९६२ चिली विश्वकपको फाइनलमा ब्राजिल एक गोलले पछि पर्‍यो। यद्यपि अन्ततः चेकोस्लोभाकियालाई एकका विरुद्ध तीन गोलले हराई लगातार दोस्रोपटक विश्वकप जित्न सफल भयो। सेमी फाइनलमा घरेलु दर्शकको पूरापूर समर्थन भएर पनि चिलीले ब्राजिललाई रोक्न सकेन। इटाली र चिलीबीचको समूह चरणको खेल भने रणसंग्राममा परिणत भएका कारण ‘सान्टियागो युद्ध’ले परिचित भयो। यसअघि उरुग्वे र इटालीजस्तै आयोजक नै विजेता बनेको १९६६ इङ्ल्यान्ड विश्वकपमा नवप्रवेशीका रूपमा आएका उत्तर कोरिया र पोर्चुगलले तहल्का मच्चाए। पोर्चुगलले साबिक विजेता ब्राजिल हरायो भने समूह चरणको अन्तिम खेलमा उत्तर कोरियाले इटालीलाई पाखा लगायो।

फाइनलमा दुई–दुई गोलको बराबरीपछिको अतिरिक्त समयमा ‘वेम्बली गोल’ले परिचित जियोफ हस्र्टको विवादास्पद गोलको मद्दतले पश्चिम जर्मनीलाई अग्रता लिएको थियो। पुनः एक गोल गरेर विवाद साम्य पारिदिनुको साथै विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने एक मात्र खेलाडी बने उनी। हस्र्ट स्थापन्न खेलाडीका रूपमा मैदान छिरेका थिए। मेक्सिकोका गोलरक्षक एन्टोनिओ कार्बाजल लगातार पाँचवटा विश्वकप खेल्ने रिकर्ड राखे। यसपटकदेखि मस्कट राख्न थालियो भने यसपटकको नाम विल्ली थियो। आधिकारिक रूपमा रातो र पहेंलो कार्ड थालेको १९७० मेक्सिको विश्वकप तेस्रोपटक जितेर ब्राजिलले जुल्स रिमेट कप सदाको लागि आफ्नो बनाए। फाइनलमा इटालीलाई हराउने क्रममा पेलेले गरेको पहिलो हेड गोल विश्वकपमा ब्राजिलको सयौं गोल थियो।

पछिल्लो चार विश्वकपमा कम्तीमा एक गोल गरी पेलेले विश्वकपमा १२ गोल गरे। मारियो जगालो खेलाडी र प्रशिक्षकका रूपम विश्वकप जित्ने पहिलो व्यक्ति बने। इटालीका शिल्पकार सिल्भियो गेजेनिकालाई ट्रफी बनाउन लगायो। आयोजक नै फेरि विश्वविजेता बनेको १९७४ विश्वकपमा छिमेकी भइकन राजनीतिक रूपमा पानी बाराबारको स्थिति रह्यो। जसमा रहेको पूर्वी जर्मनीले पश्चिम जर्मनीलाई एक शून्य गोलले स्तब्ध पार्‍यो। प्रतियोगिताभरि भोगेको एकमात्र यो पराजय पश्चिम जर्मनीका लागि फाइदाजनक नै भयो। यसैकारण पश्चिम जर्मनीले दोस्रो चरणमा नेदरल्यान्डस्, अर्जेन्टिना, ब्राजिलसँग भिड्नु परेन। चिलीका कार्लोस क्यासजेली रेड कार्ड पाउने पहिलो खेलाडी बने।

लगातार आयोजकले घरमै ट्रफी राखेको १९७८ अर्जेन्टिना विश्वकपको फाइनलमा मध्यान्तरसम्ममा एक गोलले पछि परे पनि नेदरल्यान्डले विपक्षी पोस्टमा ३१ पटक आक्रमण गरे। १२ वर्षपछि अतिरिक्त समयसम्म लम्बिएको थियो। लगातार दोस्रो पटक फाइनल पुगेको डच टोली एकका विरुद्ध तीन गोलले हार्‍यो। यसै विश्वकपदेखि एडिडासले वितरण गर्न थालेको सुनौलो बल तथा जुत्ता दुवै अर्जेन्टिनाका मारियो केम्पसले जिते। सहभागी टोली २४ पुर्‍याइएको १९८२ स्पेन विश्वकपको समूह चरणमा बेल्जियमले साबिक विजेता अर्जेन्टिनालाई हराएर तहल्का मच्चायो। नवप्रवेशी टोली अल्जेरियाले पश्चिम जर्मनीलाई एकका विरुद्ध दुई गोलले हरायो।

हंगेरीले एल साल्भाडोरलाई कीर्तिमानी एकका विरुद्ध दस गोलले पराजित गर्‍यो। फाइनलमा पश्चिम जर्मनीलाई एकका विरुद्ध तीन गोलले पराजित गरी इटाली तीन पटक विश्वकप जित्ने दोस्रो राष्ट्र बने। कोलम्बियाको कमजोर आर्थिक स्थितिका कारण विश्वकप आयोजना गर्न नसकेपछि मेक्सिकोले दोस्रो पटक विश्वकप आयोजना गर्ने भयो। प्रतियोगिताको साढे सात महिना अगाडि विनाशकारी भूकम्प गयो। तर पनि मेक्सिको अत्तालिएन। सन् १९८६ विश्वकपको क्वार्टरफाइनलमा ‘भगवान्को हातबाट भएको गोल’को संज्ञा दिइएको म्याराडोनाको गोलको मद्दतमा इङ्ल्यान्डलाई पाखा लगायो। अर्जेन्टिनाले फाइनलमा पश्चिम जर्मनीलाई हराई दोस्रो पटक च्याम्पियन बन्यो। पेलेपछि म्याराडोना विश्व फुटबलमा उदायो।

सन् १९९० विश्वकपको उद्घाटन खेलमै साबिक विजेता अर्जेन्टिना क्यामरुनबाट पराजित भए पनि फेरि फाइनलमा पुग्न सफल भयो। अर्जेन्टिनाका सब्स्टिच्युट गोलकिपर सर्गेई गोएकोचिया नायक साबित भए। फाइनल खेलको ८५औं मिनेटमा पेनाल्टी गोलका कारण पश्चिम जर्मनीबाट पराजित भए। विश्वकपकै इतिहास निकै कम औसत गोल भयो। इटालीका मारियो जगालो जस्तै जर्मनीका फ्रेन्ज बेकनबाउर विश्वकप जित्ने खेलाडी एवं प्रशिक्षक बने। सन् १९९४ विश्वकपमा रसियाका ओलेग सालेन्कोले क्यामरुनविरुद्धको खेलमा एक्लैले पाँच गोल गरी कीर्तिमान राखे भने सोही खेलमा क्यामरुनका रोजर मिल्ला विश्वकपमा गोल गर्ने पाका खेलाडी बने।

इटालीका रोबेर्टो बाजियो खलनायक साबित भए। पहिलो पटक विश्वविजेता बन्न सफल फ्रान्सले दोस्रो पटक विश्वकप आयोजना (१९९८ विश्वकप) गर्दा सहभागीको संख्या ३२ पुर्‍याइएको थियो। क्रोएसियाले १९६६ विश्वकपमा पोर्चुगलले जस्तै पहिलो प्रयासमै तेस्रो स्थान हासिल गर्न सफल भयो। अर्जेन्टिनाका ग्राबियल बाटिस्टुटाले लगातार दुई विश्वकपमा ह्याट्रिक गरे। यसअघि १९९० विश्वकपमा युगोस्लाभियाका लागि गोल गरेका क्रोएसियाका रोबर्ट प्रोसिनेकीले यसपटक जमैकाविरुद्ध गोल गरेर विश्वकपको इतिहासमा दुई छुट्टाछुट्टै देशका लागि गोल गर्ने पहिलो खेलाडी बने।

एसियामा पहिलो पटक आयोजित २००२ कोरिया जापान विश्वकपमा नवप्रवेशी सेनेगलले पहिलो खेलमै साबिक विजेता फ्रान्सलाई हराएर सनसनी मच्चाए। ब्राजिल र जर्मनी समान सात पटक फाइनल खेलिरहेको भए पनि ब्राजिलले बाजी मार्‍यो। यसरी ब्राजिल जुनसुकै महादेशमा पनि विश्वकप जित्ने राष्ट्र बन्यो। टर्कीका हाकन सुकरले दक्षिण कोरियाविरुद्ध तेस्रो स्थानका लागि भएको खेलको ११औं सेकेन्डमा गोल गरी कीर्तिमान रचे। २००६ जर्मनी विश्वकपमा १९३४ विश्वकपपछि धेरै संख्यामा नवप्रवेशी टोलीले प्रवेश पाएको थियो। १९९४ विश्वकपमा जस्तै पेनाल्टी सुटआउटबाट विश्वविजेता बनेको २००६ विश्वकपको फाइनलमा इटालीले फ्रान्सलाई १–१ को बराबरीपछि ५–३ ले स्तब्ध पार्‍यो।

फ्रान्सलाई फाइनलसम्म पुग्ने डोर्‍याउने क्रममा स्पेन अनि ब्राजिललाई हराउँदा महŒवपूर्ण भूमिका निभाएका जिनेदिन जिदानले फाइनलमा इटालीका मार्को माटेराजीलाई दिएको हेड बटकाका कारण भिलेन साबित भए। युरो २००८ च्याम्पियन पनि रहेका स्पेनका आन्द्रेज इनिएस्टाले ११६औं मिनेटमा गरेको गोलको मद्दतले पहिलो पटक अफ्रिकामा आयोजित २०१० विश्वकप स्पेनले पहिलोपटक जितेर विश्वकप जित्ने आठौं राष्ट्र बन्यो। सबैभन्दा कम गोल गरेर तथा अर्को महाद्वीपमा विश्वकप जित्ने पहिलो युरोपेली राष्ट्र पनि बन्यो। स्पेन आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डबाट पराजित भए पनि फाइनलसम्म पुग्यो।

१९९४ विश्वकप विजेता ब्राजिलियन प्रशिक्षक कार्लोस अल्बर्टो परेराको घरेलु टोली दक्षिण अफ्रिकाले फ्रान्समाथि विजय हात पारे पनि दक्षिण अफ्रिका समूह चरणबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बन्यो।  १९३० देखिका सबै विजेता टोली छनोट हुन सफल यस विश्वकप २०१४ को फाइनलमा जर्मनीले अर्जेन्टिनालाई एक गोलले स्तब्ध पार्‍यो। हालसम्मकै धेरै गोल भएको (१७१ गोल अर्थात् प्रति खेल २.६७ गोल) भएको कोलम्बियाका हामेस रोड्रिगेज उच्च गोलकर्ता र अर्जेन्टिनाका लियोनेल मेस्सी सर्वोत्कृष्ट खेलाडी भए।

अफिसियल तवरमा पहिलोचोटी गोल लाइन प्रविधि र फ्रिकिकको लागि भ्यानिसिङ स्प्रे प्रचलनमा आयो। २०१३ को कन्फेडेरेसन कप विजेता तथा आयोजक ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग एकका विरुद्ध सात गोलको शर्मनाक हार बेहोर्‍यो। जर्मनी अमेरिकी माटोमा विश्वकप जित्ने पहिलो युरोपेली राष्ट्र बन्यो। विश्वकप २०१८ को फाइनलमा फ्रान्सले क्रोएसियालाई दुईका विरुद्ध चार गोलले हराई दोस्रो चोटी उपाधि उचाल्यो। इङ्ल्यान्डका ह्यारी केन सर्वाधिक गोलकर्ता र क्रोएसियाका लुका मोड्रिच उत्कृष्ट खेलाडी बनेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.