किएभमा  पिउने पानी र विद्युत् अभाव

किएभमा  पिउने पानी र विद्युत् अभाव

किएभ (एपी): करिब नौ महिनादेखि रूसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनेको छ। राजधानी किएभका बासिन्दा पिउने पानी र प्रकाशको अभावमा छटपटाइरहेका हुन्। 

बुधबार र बिहीबार रूसी बम आक्रमणमा पानी र बिजुली आपूर्तिका स्रोत तहसनहस भएपछि प्रकाश, पानी र न्यानोको खोजीमा किएभका जनता हातमा खाली बोतल बोकेर अँध्यारोमा सहरका चमेनागृहतर्फ चहारिरहेको भेटिन्थ्यो। बत्तीको सामान्य व्यवस्था भएका ती चमेनागृहमा ठूलो भीड लागेको छ। बिहीबार रातिको दृश्य हेर्दा युक्रेनी नागरिक युद्धलाई बेवास्ता गर्दै जीवन जिउने जमर्कोमा लागेको प्रष्ट हुन्छ।

३० लाख नागरिकको बसोबास रहेको राजधानी सहर किएभमा पिउने पानीको अभाव भएपछि सर्वसाधारणले वर्षाको पानी बग्ने ‘ड्रेनपाइप’बाट पानी संकलन गरेका थिए। पानी आपूर्तिको व्यवस्था मिलाउन मर्मत गर्ने टोली अथक परिश्रममा जुटेको थियो। यद्यपि धारामा पानी आएको छैन। पिउने पानी नपाएर आकुलव्याकुल बनेका नगरवासी आफ्ना साथी, परिचित तथा परिजन कसको घरमा बिजुली छ, कसको घरमा पानी छ भनेर मोबाइल फोनमा सन्देश आदानप्रदान गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कुनै घरमा पानी भए बत्ती थिएन, बत्ती भए पानी। नगरमा अघिल्लो दिन गरिएको भीषण हवाई आक्रमणले अकल्पनीय परिस्थितिको सामना गर्न उनीहरू बाध्य भएका थिए। यद्यपि किएभका केही स्थानमा सञ्चालन भएका चमेनागृहले उनीहरूलाई राहत दिएको थियो। 

किएभ नगरका प्रमुख भिटाली क्लित्सकोले शुक्रबार बिहानसम्म सहरका ७० प्रतिशत क्षेत्रमा बिजुली आपूर्ति पुनस्र्थापना गरिएको बताए। रूसी आक्रमणमा परी चार जनाले ज्यान गुमाएका बताउँदै उनले क्षेप्यास्त्र आक्रमणमा परी एक जना महिलाको पनि मृत्यु भएको जानकारी दिए। युक्रेनीहरू रूससँग हार नमान्ने मनेबलका साथ आफ्ना सुरक्षा बललाई ढाडस दिइरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.