मंसिर पहिलो हप्तामा श्वास फेर्दै
विचरणशील मन अकाशिन्छ। उन्मुक्तता बिउझिनु उद्याचल उघ्रिनुसितै। बिउँझनु दायित्त्वबोध गर्न हुन्। वर्तमान मेरो स्वछन्द चिन्तन मनन्मा विचरण ! खटनपटनसित होइन अरूको। निजी विचार बहार बहाउन। गतिमान राख्न आफैंलाई। परिवार, समाज, समुदाय मन मिल्ने मित्रवर, मान्यवर, आत्मीय साथीभाइ ! यिनै जमात हो– संसार, मेरो–हाम्रो !
दैनिकी मेरो थालनी यिनकै मन–मझेरीमा। शिष्ट र सौहाद्र्र मित्रवर–मान्यवर दूरभाष बोली–वचनामृत ! आग्रह–अनुग्रह कुम्लिँदै बाटो म्यादभित्र निष्ठाछें प्रवेश गर्ने अनुकम्पा जगाउनु हुन्छ। यसैमा मन मेरो बन्छ– प्रफुल्ल, उत्फुल्ल। बहारै बहारको जीवन। जावनमय बहार।
दैनिक भावनात्मक प्रफुल्लतामै मात्र सीमाबद्ध हुन्न। छैन पनि। नीतिकुटी ‘अन्य कर्म पनि पालन गर्नै पर्दो हुन्छ। सखारै बिउँझन्छु ५ बजे। बाल्यकालमा जुरेली, ढुकुर, परेवा, काग चराचुरुंगीका बोली–आवाजसित साथ बिहानिन्थें, बिउँझिन्थें। भालेको डाँको साथ क्षितिज उघ्रिन्यो। अहिले ती सबै नभएनि प्रायःजसो दुर्लभ बिरानिए छन्।
सहर बस्तीबीच कठैबरा सुनिन्नन्। दुर्लभ अवसरले अवतार लिए पाएछ। दुर्भियो नै भन्नु पर्या छैन। प्रकृतिको आशिष वरद सूर्यविनायक जंगलमा हरियालीको मंगलमय मांगलिक उपभोक्ता बन्न पाएर अम्लाजनमा प्रखशित छु। जंगलमा मंगल भन्थे पुर्खा। हराभरा विविध रूख बिरुवाले हामीलाई अनिवार्य जीवन वायु उत्सर्जन गर्छन्। प्रचूर प्रचूर मात्रामा।
यस शाश्वत सत्ज्ञान विद्यालय स्तरका सन्ततिका सम्पत्ति बनिसके ! सूर्यविनायक जंगलमा अनेक चराचुरुंगीका स्वर रुन्थे प्रचुर प्रशस्त ! अचेल लोप–बिलोपिए। तित्राको तीनतारक तित्राक आवाज अकासिएर अन्तरिक्ष–चहार्न पुगे।
दैनिकी साथै मेरा नयाँ तरंगहरू तरंगिएको अनुभूति मेरो। वैज्ञानिक आविष्कारले प्राकृत साधनालाई प्रतिस्थापित छन्। नौला नौला सुरिला ध्वनि तरंग। नातिनातिना घन्काउँछन्– अनेक ध्वनितरंग ! अल्लार्म बेलहरू ! नौलो युगका अनुभूतिमा आह्लादित छु। सखारै–सखार ः आनन्दानुभूति सकारात्मक सोचको गर्भगृह दर्शन भरिभरि रसप्लावन गर्छु।
सकारात्मक सोचले आनन्द प्रदान गर्दो रैछ। सकारात्मक सोचमै दीर्घायु प्लावित छ। दैनिकीमै चुर्लुम्मिएरै कल्मश पखालिरैछु। कल्मशका दुई रूप–स्वरूप छन्। एक बुहिरंगी। अर्को अन्तरंगी। बहिरंगी शरीरका त्वचा। छाला। छालाले अन्तरंगको सुरक्षा कवच÷ढालको काम गर्छ। छाला नभए हाम्रो अन्तरंगको बेहाल हुन्छ।
सखारै शौचालय प्रवेश नगरे अजीर्ण पेट बोकी वातावरणै बिदीर्ण पारिरहेको हुन्छ। वातावरण प्रदूषणदेखि सतर्क बन्छु। सतर्क बन्नु दैनान्दैनिकी चर्या। त्यस उपरान्त धोइ पखाल्ने कर्म। चिसो पानीमा पञ्चस्नान प्रारम्भ। पञ्चस्थान पञ्चहरूले गर्ने स्नान होइन। शरीरको पाँच अंग धोइ पखाल्नु। मूलाधार चक्र, हस्त, पाद, मुख, नाक र शिर पखाल्नु।
चिसोपानीमा पञ्चस्नान गर्दाको सैह्य चिस्यानले स्वस्थ शरीर, मन, मस्तिक ताजा, जाँगरिलो अनुभूति रहेको पाउँछु। आधारभूत सानातिना स्थूल सामग्री यताउति गर्न भ्याउने जाँगर बटुलिन्छ। अध्ययन अध्यवसाय, लेखन–चिन्तन निमित्त आँट आर्जिन्छु।
अलिअलि समाचार विश्लेषण हेर्छु, सुन्छु। दूधमा भिजाएर गहुँको पिठोरोटी, मौसमी साग–तरकारी सेवन गर्छु। ८ बजे बेलुकी खाटमा पल्टन्छु। पल्टनुअगावै केही आयुर्वेदिक औषधि सेवन गर्छु। एकाग्रता निमित्त आराध्य देवको मन्त्र जप्दै शान्त सुखद निद्रामा मस्किन्छु ! जय देश ! जय जनता !