राष्ट्रिय पञ्चायत जितेका ३ सांसद निर्वाचित

राष्ट्रिय पञ्चायत जितेका ३ सांसद निर्वाचित

काठमाडौंः विसं २०३८ सालको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा निर्वाचित तीन सांसद प्रतिनिधि सभा निर्वाचन २०७९ मा निर्वाचित भएका छन् । 

२०३८ सालको चुनावमा विजयी भएका कांग्रेसका अर्जुननरसिंह केसी, लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी र राप्रपाका दीपक बोहोरा निर्वाचित भएका हुन् ।

केसी २०३८ सालको चुनावमा नुवाकोटबाट हलो चिन्ह लिएर चुनाव लडेका थिए । भण्डारी महोत्तरीबाट हाँस चुनाव चिन्हबाट जित्दा दीपक बोहोरा भने बलेको दियो चिन्हबाट चुनाव लडेका थिए । त्यसपछि उनीहरु पटक–पटक सांसद र मन्त्री बनेका छन्।

दीपक बोहराले रुपन्देही–३ बाट, अर्जुननरसिंह केसी नुवाकोट–२ बाट र शरतसिंह भण्डारी महोत्तरी–२ बाट निर्वाचित भएका हुन् । बोहोराले बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै विजयी भएका हुन् ।

बोहोरा ४ दशकदेखि राप्रपामा क्रियाशील छन् । २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए । उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । 

बोहोरा २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०३८ सालमा पर्यटन राज्यमन्त्री र २०३८ मा पर्यटन सहायकमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री बनेका थिए ।

यस्तै, कांग्रेस नेता केसी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन विक्रम पाण्डेलाई ११ हजार ६३० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । २०३८ सालमा केसी सूर्यबहादुर थापाको मन्त्रिपरिषद्मा स्वास्थ्य राज्यमन्त्री नियुक्त भए । 

०४८ र ०५१ को संसदीय चुनावमा केसी दुई पटक संसद सदस्यको रूपमा पनि निर्वाचित भएका थिए । केसी स्वास्थ्य, शिक्षा र भौतिक योजना मन्त्री थिए । २०७३ मा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा केसी सहरी विकास मन्त्री थिए ।

लोसपा नेता शरतसिंह भण्डारी महोत्तरी–२ बाट तराई मधेश लोकतान्त्रीक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । भण्डारी २०४३ देखि हालसम्म विभिन्न मन्त्रिपरिषद्मा १५ पटक राज्यमन्त्री र मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । 

भण्डारी नेपाली कांग्रेसको तर्फबाट आम निर्वाचन २०५६ मा व्यवस्थापिका संसदमा निर्वाचित भएका थिए । नेपाली कांग्रेस विभाजित हुँदा भण्डारी नेपाली कांग्रेस (लोकतान्त्रिक)को पक्षमा गएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.