सुनसरी-४ मतगणना स्थगित

सुनसरी-४ मतगणना स्थगित

धरान : सुनसरी क्षेत्र  नम्बर ४ को मतगणना स्थगित भएको छ। मतगणनामा घटिएका कर्मचारीले कांग्रेसको मत एमालेको पक्षमा गणना गरेको भन्दै कांग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो।

मतगणना भैरहेको अवस्थामा सरकारका सञ्चारमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य  ज्ञानेन्द्र कार्की र एमालेका केन्द्रीय सदस्य जगदिश कुसियत बीच कडा प्रतिस्पर्धा भइरहेको थियो। 

निर्वाचन आयोगका कर्मचारीले कांग्रेसको मत एमालेको उम्मेदवारकोमा गणना गरेपछि समस्या उत्पन्न भएको कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ निर्वाचन परिचालन समितिका संयोजक रेवती दुलालले बताए। 

उनले मतगणनामा सहभागी कर्मचारीलाई परिवर्तन गरी निष्पक्ष कर्मचारी नखटाएसम्म मतगणना कांग्रेसले सहभागिता नजनाउने बताए।

मतगणनामा कांग्रेसले आपत्ति जनाएपछि सर्वदलीय बैठक बसे पनि सहमति नभएपछि आइतबार ८ बजेसम्म मतगणना स्थगित गरिएको सुनसरीका प्रमुख  जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। 

मतगणना स्थगित भएपछि  स्थलमा केहिबेर तनाव उत्पन्न भएको थियो। जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार राईको नेतृत्वमा खटिएको प्रहरीले तनाव उत्पन्न गराउने टोलीलाई नियन्त्रणमा लिएका कारण केही अप्रिय घटना हुन पाएन। 

सुनसरीमा गणना भएको  ६१ हजार ५२४ मतमा कांग्रेसका ज्ञानेन्द्र कार्कीले २३ हजार ४३९ मत र एमालेका जगदीश कुसियतले २३ हजार ३४१ मत प्राप्त गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.