महोत्तरीमा मतपेटिकाभित्र मतदाताको पत्र : ‘नेताहरूले देश लुटेर खाइसके’

महोत्तरीमा मतपेटिकाभित्र मतदाताको पत्र : ‘नेताहरूले देश लुटेर खाइसके’

बर्दिबास : महोत्तरी क्षेत्र नम्बर १ मा मतगणना गर्ने क्रममा मतदाताको फेरी अर्को पत्र फेला परेको छ। भँगहा नगरपालिका-३ को मतपेटिकामा भेटिएको उक्त पत्रमा ती मतदाताले नेताहरूले नेपाल देश लुटेर खाइसकेको टिप्पणी गरेका छन्।

नेताहरूले जनतालाई ठुलो धोका दिएर स्वीजरल्याण्डको बैंकमा पैसा जम्मा गरेको पनि ती मतदाता आरोप लगाएका छन्। नेपालको नेताले किसानका बारेमा केही विकास नगरेको पत्रमा उल्लेख गरेका छन्।

यसअघि पनि मतपेटिकाभित्र पत्र भेटिएको थियो। उक्त पत्रमा मतदाताले शैक्षिक योग्यता र उमेरको हद लागू गर्नुपर्ने माग राखेका थिए।

त्यस क्षेत्रमा उम्मेदवारी दिने सबै नेताहरू भ्रष्ट भएको हुनाले आफूले मत दिन नसकेको उनले पत्रमा उल्लेख गरेका थिए।

सानो अर्धकट्टीमा लेखिएको उक्त पत्रमा जनता मत खसाल्न बाध्य भएको हुनाले मत हालेको समेत उनले उल्लेख गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.