अत्याधिक चिसोमा बिजुलीबिना बस्न बाध्य ६० लाख युक्रेनी

अत्याधिक चिसोमा बिजुलीबिना बस्न बाध्य ६० लाख युक्रेनी

किभ : युक्रेनमा अत्याधिक चिसोमा ६० लाख मानिस बिजुलीविहीन जीवन बिताउन बाध्य भएका छन्। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यस हप्ता भएको ठूलो मिसाइल हमलापछि ६० लाख युक्रेनीका घर अझै बिजुलीविहीन रहेको बताएका छन्।

आफ्नो रात्री सम्बोधनमा, उनले भने, 'आज साँझसम्म, अधिकांश क्षेत्र र किभमा ब्ल्याकआउट वा बिजुली कटौती जारी छ।' विद्युत् कटौतीबाट प्रभावित घरको संख्या केही घटेको भए पनि लाखौं मानिस अझै पनि यो कडा चिसोमा बिजुली, ग्यास र हिटरविना बाँच्न बाध्य रहेका उनले बताए।

भिडियो सम्बोधनमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले भने, 'राजधानी र यसका वरपरका क्षेत्रहरू आक्रमणबाट सबैभन्दा बढी प्रभावित भएका छन्।' उनले राजधानी बाहेक सबैभन्दा बढी प्रभावित क्षेत्र ओडेसा, पश्चिममा लभिभी, भिनित्सा र निप्रोपेट्रोभस्क रहेको बताए । 

जेलेन्स्कीले न्यूनतम विद्युत् प्रयोग हुने उपकरण प्रयोग गर्न सर्वसाधारणलाई अपील गरेका छन् । उनले भने, ‘बिजुली छ भने समस्या छैन भन्ने होइन । धेरै खपत गर्ने उपकरणहरू एकै समयमा नचलाउनुहोस्।

उनले यो जाडोमा हिम्मत देखाउनुपर्ने र यो जाडो सधैं सम्झिने बताए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.