पाँच दलीय गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाण

पाँच दलीय गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाण

भैरहवा : गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने दाबी गरेका छन्। रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने बताएका हुन्।  

उनले गठबन्धन पाँच वर्षसम्म निरन्तर जाने स्पष्ट पारे। प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने गृहमन्त्री खाणको भनाइ छ। ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ,’ गृहमन्त्री खाणले भने, ‘प्रधानमन्त्री को बन्ने भन्ने प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बसेर टुंग्याउनुहुन्छ। पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ।’

रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका खाणले आफूले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको बताए। खाण राप्रपा नेता दीपक बोहोरासँग पराजित भएकाथिए। ‘निर्वाचनमा पराजयलाई सहजतापूवक लिन गाह्रो हुन्छ। तर, म कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुँ। तसर्थ जनताको अभिमतलाई सहर्ष स्वीकार गर्छु,’ गृहमन्त्री खाणले भने। 

गृहमन्त्रीका रुपमा प्रतिनिधि सभा/प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूर्ण रुपमा एकै चरणमा सम्पन्न गर्ने मुख्य भूमिका पूरा गर्न पाएकोमा आफूलाई खुसी लागेको उनको भनाई छ। जनताको लामो संघर्षपछि आएको व्यवस्थालाई मझवुत बनाउन गठबन्धन निर्माण गरेर त्यसलाई पाँच वर्ष चलाउनुपर्छ भन्ने विषयको सुत्रधार भएकाले गठबन्धन विरोधीहरुको तारोमा आफू परेको पनि गृहमन्त्री खाणले बताए। आफू निर्वाचनमा पराजय व्यहोरे पनि गठबन्धलाई टिकाइराख्न भरमग्दुर प्रयास गरिरहने उनको भनाइ थियो। 

सरकारले गणतन्त्र र संघीयता स्वीकार नगरेकालाई पनि निर्वाचनमा भाग लिने अवस्थासम्म पुर्‍याउन सकेको खाणले बताए। आफ्नै पार्टीका केही नेता गठबन्धनको विरुद्धमा लागिरहेको भन्दै त्यो प्रयास सफल हुन नदिने गृहमन्त्री खाणको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.