सीईओको तस्बिरसहित म्यासेज पठाएर १ करोड बढि ठगी, सातजना पक्राउ

सीईओको तस्बिरसहित म्यासेज पठाएर १ करोड बढि ठगी, सातजना पक्राउ

एजेन्सी : एक ठूलो कम्पनीको सीईओको तस्बिरसहितको म्यासेज ह्वाट्सएपमा पठाएर १ करोड बढिको ठगी गरेको समाचार बाहिरिएको छ। घटना भ्याक्सिन उत्पादन गर्ने कम्पनी भारतको सिरम इन्स्टिच्युटको हो।

रकम ठगी गरेको आरोपमा भारतीय प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

ठगी समूहले सिरम इन्स्टिच्युटको सीईओको तस्बिरसहितको म्यासेज ह्वाट्सएपमार्फत व्यवस्थापनलाई पठाएर १ करोड बढिको ठगी गरेको थियो।

सिरम इन्स्टिच्युटका निर्देशक सतिश देशपाण्डेलाई सोही कम्पनीका सीईओ अदार पुनावाला डीपीको ह्वाट्सएप नम्बरबाट रकम माग गरेको म्यासेज आएको थियो।

त्यसपछि उनीहरुबीच रकम विभिन्न खातामा ट्रान्सफर गर्नेबारे कुराकानी भएको  र सोहीअनुसार निर्देशक देशपाण्डेले ती खाताहरुमा १ करोड १ लाख १ हजार ५५४ रकम पठाइ दिएको आजतकमा समाचार छ।

सो कम्पनीका सीईओ अदार पुनवाला बनेर ठगी समूहले १ करोड बढी रकम हात पार्न सफल भएको थियो।

पछि ठगी भएको थाहा पाएपछि कम्पनीले प्रहरीमा उजुरी दिएको थियो। ठगी समूहका विभिन्न खातामा रकम ट्रान्सफर भएको पाइएको प्रहरीले जनाएको  छ।

अनुसन्धानका क्रममा प्रहरीले रकम पठाइएका आठ खाताहरुको पहिचान गरिसकेको छ।

ठगी समूहका नाइके भने फरार छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.