'एमाले नेतृत्वमा सरकार बनाउने पहल थाल्नुपर्छ' (भिडियो वार्ता)
काठमाडौं: मतपरिणाम अन्तिम चरणमा पुगेसँगै सरकारको समीकरणबारे दलहरूबीच छलफल हुन थालेको छ ।
दलहरूले सत्ता समीकरणको विषयलाई लिएर औपचारिक र अनौपचारिक पहल पनि थालेका छन् । सिट संख्यामा दोस्रो हुने देखिएको एमालेले कांग्रेस बाहेकका शक्ति मिलाउने तयारी थालेको छ भने कांग्रेस वर्तमान गठबन्धनलाई नै अघि बढाउने तयारीसहित लागेको छ।
एमाले उपाध्यक्ष युवराज ज्ञवाली फेरि पनि सरकारको नेतृत्व कांग्रेसलाई सुम्पिनु देशलाई घात हुने तर्क गर्छन् । अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै ज्ञवालीले मतपरिणामले कसैको पनि बहमुत नभएकाले अस्थिरता र विदेशी चलखेललाई अबको पाँच वर्ष संस्थागत गर्ने खतरा रहेको बताए । ज्ञवालीसँगको कुराकानी हेर्नुहोस् ।