कटहरीमा ‘वृत्ति परामर्श तथा रोजगार मेला’ हुने

कटहरीमा ‘वृत्ति परामर्श तथा रोजगार मेला’ हुने

विराटनगर: रोजगारी सिर्जनाको उद्देश्यका साथ मोरङको कटहरी गाउँपालिकामा १ दिने ‘वृत्ति परामर्श तथा रोजगार मेला’ आयोजना हुने भएको छ । 

कटहरी–१ स्थित सिंघिया खोला छेउको एकीकृत फलफुल तथा कृषि थोक बजारको प्राङ्गणमा उक्त मेला आयोजना हुने भएको हो । विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका बेरोजगार युवा तथा श्रमिकहरुलाई लक्षित गर्दै मेलाको आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 

आईतबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाले मेलाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छ । 

कटहरी करिडोरमा सञ्चालित उद्योगहरुमा कार्यरत भारतीय तथा बङ्गलादेशी जनशक्तिलाई विस्थापित गर्ने उद्देश्यका साथ मेलाको आयोजना गर्न लागिएको कटहरी गाउँपालिकाको अध्यक्ष देवराज चौधरीले बताए ।

कटहरी गाउँपालिकामा कुल १ हजार ३४ जना सुचीकृत बेरोजगारहरु छन् । उनीहरुमध्ये दक्ष तथा योग्यलाई रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराउने र सीप नभएकालाई आवश्यक तालिम तथा परामर्श प्रदान गर्ने मेलाको उद्देश्य छ । 

मेलामा कटहरीभित्र भएका बेरोजगार यूवाहरुलाई वृत्ति विकास सम्बन्धी आवश्यक परामर्श, सिपमुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी र कार्यस्थलमा आधारित सीपमुलक तालिमबारे जानकारी दिईने बताईएको छ । नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय परिकल्पना तथा ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने उद्देश्यलाई पनि यस मेलाले सम्बोधन गरेको छ । 
स्थानीय जनशक्तिलाई स्थानीय उद्योग, व्यावसाय, बैकिङ्ग, पर्यटन र होटल व्यावसाय क्षेत्रमा खपत गर्ने लक्ष्य समेत यस मेलाले लिएको छ । विगतमा कटहरी गाउँपालिका यस प्रकृतिका विभिन्न रोजगार मेलाहरुमा सहकार्य गर्दै आएको थियो । तर, स्थानीयस्तरमा रोजगारी सिर्जनाको उद्देश्यका साथ गाउँपालिकाले यसपटक आफै मेला आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १ र नेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको द्विपक्षीय परियोजनाको रुपमा रहेको ‘दिगो तथा सम्मानित रोजगारीका लागि सिप’ को सहयोगमा उक्त मेला आयोजना गर्न लागिएको कटहरी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार दिउँसो ४ बजेसम्म चल्ने उक्त रोजगार मेला भने बिहान ९ बजे उद्घाटनको तयारी रहेको बताईएको छ । मेलामा भने कुल २ हजार ५ सय बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.