इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो

इन्डोनेसिया : इन्डोनेसियाको जाभा टापुमा यस हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुगेको छ।

उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ। जाभाको सिआनजुर सहरमा सोमबार ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो। 

अधिकांश पीडितहरू भवनहरू भत्किँदा र आसपासमा पहिरो खस्दा मारिएका हुन्। अझै २४ जना हराइरहेका छन्। 

प्रकोप न्यूनीकरण एजेन्सीका अनुसार पछिल्लो समय  तीन शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको संख्या ३२१ पुगेको  हो।  भुकम्पमा  फसेका ११ जना अझै बेपत्ता छन्।

उद्धारकर्ताहरूले  खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने  बताएका छन्। भूकम्पले ६२ हजारभन्दा बढी घरमा क्षति  पुगेको र ७३ हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.