मधेसमा ठूलो दल एमाले

मधेसमा ठूलो दल एमाले

जनकपुरधाम : मधेस आन्दोलनपछि ओरालो लागेको नेकपा एमाले विस्तारै आफ्नो विरासत फर्काउन थालेको छ।  सम्पन्न निर्वाचनमा मधेस प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले बन्न पुगेको छ।   

मधेस आन्दोलनको रापतापमा २०७४ निर्वाचनपूर्व मधेसमा नेकपा एमालेका लागि प्रतिकुल परस्थितिमा कमजोर बनेको एमाले यो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको हो। 

मधेस आन्दोलनको रापतापको समयमा चुनाव हुँदा एमाले मधेस प्रदेशमा नराम्ररी पराजित भएको थियो। तर यस पटकको निर्वाचनमा परस्थिति फेरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय मधेसमा सक्रियता बढाएसँगै मधेस एमाले अनुकुल बनेको छ। 

२०७४ को निर्वाचन परिणामले मधेसका मतदाताले एमाले स्वीकार गरेनन्। तर यस पटकको निर्वाचन परिणामले मधेसी दलको रबैया हेर्दै मधेस प्रदेशका मतदाताले एमालेलाई अंगीकार गरेको संकेत छ। 

अहिलेसम्म मधेस प्रदेशका ३२ मध्ये ३१ को निर्वाचन परिणाममा सबैभन्दा बढी ७ प्रतिनिधिसभा क्षेत्रमा जित हासिल गरेको छ। २०७४ मा २ सिट जितेको एमाले ७ सिट जितेको छ भने धनुषा ४ मा पनि रघुवीर महासेठको सम्भावना बलियो छ।  

अघिल्लो निर्वाचनमा तत्कालीन राजपा हाल लोसपाले मधेसको १० प्रतिनिधिसभा क्षेत्र जितको थियो। तर यस पटक लोसपाले अहिले सम्म ३ प्रतिनिधिसभा विजयी भएको छ। 

२०७४ मा ९ प्रतिनिनिधिसभा क्षेत्रमा जितेको तत्कालीन संघीय समाजवादी पार्टी अहिले जनता समाजवादी पार्टी (जसपा)ले पनि ६ प्रतिनिधिसभा क्षेत्रमा विजयी भएको छ। 

अघिल्लो निर्वाचनमा ६ सिट जितेको नेपाली कांग्रेसले यसपटक ७ क्षेत्रमा विजयी भएको छ। २०७४ को निर्वाचनमा माओवादी केन्द्रले ५ प्रतिनिधिसभा विजयीमा शुन्यमा झरेको छ। 

नेकपा एकीकृत समाजवादीले २ सिट र जनमत पार्टीले १ क्षेत्र जितेका छन्। त्यस्तै ३ क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन्। 

प्रदेशसभामा पनि एमाले ठूलो दल 

नेकपा एमाले मधेस प्रदेशसभामा समेत ठूलो दल बनेको छ। मधेसका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म ६१ क्षेत्रको नतिजामा १४ क्षेत्रमा एमाले विजयी भएको छ। दोस्रोमा नेपाली कांग्रेस १३ र जनता समाजवादी पार्टी ९ सिटमा विजयी भएको छ। 

चौथोमा लोकतान्त्रिक समाजवादी पार्टी ७ सिट, पाँचौंमा जनमतले ६, नेकपा माओवादी केन्द्र ४, नेकपा एकीकृत समाजवादीले ४ र स्वतन्त्र ६ सिट जितेको छ। 

स्पष्ट बहुमत सहित सरकार बनाएका मधेसी दलले यसपटक बहुमत पु¥याउने सम्भावना छैन्। प्रत्यक्षमा जसपा, लोसपा र जनमत पार्टीले पाएको सिट संख्या २७ मात्र छ। मधेसमा एमाले, कांग्रेस वा जसपाले अन्य दल र स्वतन्त्र उम्मेदवारलाई समेटेर आफ्नो नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना देखिन्छ। 

मधेसमा प्रत्यक्ष ६४ र ४३ समानुपातिक सांसद सहित १०७ सिट छ। मधेस प्रदेशसभामा समानुपातिकतर्फ कांग्रेस अगाडि छ भने एमाले दोस्रो स्थानमा छ। तेस्रो जसपा, चौथो  जनमत, पाँचौं, माओवादी, क्रमशः लोसपा, नेकपा एकीकृत समाजवादी रहेको छ। 

२०७४ मा तत्कालीन संघीय समाजवादी फोरम २९ पहिलो, राष्ट्रिय जनता पार्टी २५ दोस्रो र नेकपा एमाले २३ सिट सहित तेसो स्थानमा थियो। २१ सिट सहित काँग्रेस तेस्रो, ११ सिट सहित माओवादी पाँचौ दल थियो।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.