'देश अस्थिरतामा जाने र वैदेशिक हस्तक्षेप बढ्ने देखियो' (भिडियो वार्ता)
काठमाडौं: निर्वाचनको नयाँ परिणामपछि राज्य सञ्चालन तथा राजनीतिक समीकरणका विषयमा बेग्लाबेग्लै विश्लेषण हुने गरेको छ ।
यो निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि राजनीतिक अस्थिरता बढ्नेसँगै देशको विकासमा संस्थागत पहल हुन नसक्ने विश्लेषण हुँदै आएको छ ।
राजनीतिक विश्लेषक डा.विष्णु दाहालले पनि यो मत परिणामले देशमा ध्रुबीकरण अझै बढ्दै जाने बताएका छन् ।
नयाँ सरकार गठनमा अमेरिकी-चिनियाँ र भारतीय चाख र हस्तक्षेप बढ्ने बताउँदै दाहालले अब बन्ने सरकार अस्थिर हुने जिकिर गरे ।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै दाहालले अब बन्ने सरकार पाँच वर्षसम्म नटिक्ने र वैदेशिक चलेखेल चरम अवस्थामा पुगेर मुलुक 'अर्ली इलेक्सन'मा पुग्न सक्ने अवस्था आउने बताए । हेर्नुहोस् दाहालसँग गरिएको कुराकानी ।