जाजरकोटमा समानुपातिक मत: संघमा कांग्रेस र प्रदेशमा एमाले पहिलो
जाजरकोट: जाजरकोटमा समानुपातिक तर्फ प्रतिनिधि सभामा नेपाली कांग्रेस र प्रदेश सभातर्फ एमालेले पहिलो स्थान हासिल गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले २२ हजार ९३४ मतसहित पहिलो पार्टी बनेको छ । १९ हजार ७४९ मत ल्याएर एमाले दोस्रो भएको छ । माओवादी केन्द्रले १४ हजार ४१२ मत प्राप्त गरेको छ । एकीकृत समाजवादीले ७८६, राष्ट्रिय स्वतन्त्र पार्टीले ५९४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५३९ मत प्राप्त गरेका छन् ।
प्रतिनिधि सभामा पहिलो बनेको कांग्रेस प्रदेश सभा तर्फको मतमा भने दोस्रो भएको छ । प्रदेश तर्फ पहिलो पार्टी एमाले भएको छ । प्रदेश समानुपातिक तर्फ एमालेले २० हजार २२९ मत प्राप्त गरेको छ ।
कांग्रेसले १८ हजार ९३५ मत ल्याएर दोस्रो , माओवादी केन्द्रले १६ हजार ९२४ मत सहित तेस्रो भएको छ । एकीकृत समाजवादीले एक हजार ३९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ३२ मत प्राप्त गरेको छ ।