अमेरिकाले आफ्नो झण्डाको अपमान गरेको भन्दै इरानले भन्यो : यसको मूल्य चुकाउनु पर्छ

अमेरिकाले आफ्नो झण्डाको अपमान गरेको भन्दै इरानले भन्यो : यसको मूल्य चुकाउनु पर्छ

इरान : इरानले आफ्नो राष्ट्रिय झण्डाको अमेरिकाले अपमान गरेको आरोप लगाउँदै अमेरिकाले यसको मूल्य तिर्नुपर्ने धम्की दिएको छ।

इरानको सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार राजनीतिक मामिलाका उपाध्यक्ष मोहम्मद देहकानले अमेरिकी फुटबल महासंघको वेबसाइटमा इरानको राष्ट्रिय झण्डासँग गडबड गरेकोमा अमेरिकाले मूल्य चुकाउनु पर्ने बताए।

अमेरिकी फुटबल महासंघले ट्विटर, फेसबुक र इन्स्टाग्राममा केही ग्राफिक्स पोस्ट गरेको थियो। जसमा इरानको झण्डाबाट अल्लाह शब्द हटाइएको छ। इरानको झण्डामा हरियो र रातो रङको बीचमा सेतो रङमा अल्लाह लेखिएको हुन्छ।

अमेरिकाले आधारभूत अधिकारका लागि लडिरहेका इरानी महिलाको समर्थनमा इरानको आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णय गरेको बताएको छ ।

देहकानले अमेरिकाको यो कदमलाई ‘अनैतिक’ र अन्तर्राष्ट्रिय नियमविपरीत भनेका छन् ।

इरानको फुटबल महासंघले पनि यस विषयमा फिफामा गुनासो गरेको छ ।

यसैबीच अमेरिकाले आधारभूत अधिकारका लागि लडिरहेका इरानी महिलाको समर्थनमा इरानको आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णय गरेको बताएको हो।

सेप्टेम्बरमा प्रहरी हिरासतमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि इरानमा सरकार विरोधी प्रदर्शन जारी छ। अमिनीलाई इरानको मोरालिटी पुलिसले हिरासतमा लिएको थियो।

तर, इरानी प्रहरीले मेहसाको हृदयघातका कारण मृत्यु भएको जनाएको छ ।

इरानले यसअघि अमेरिका र अन्य देशहरूले प्रदर्शनलाई उत्तेजित गरेको आरोप लगाउँदै आएको छ। इरानले प्रदर्शनकारीमाथि गरेको कारवाहीपछि अमेरिकाले धेरै इरानी अधिकारीमाथि प्रतिबन्ध पनि लगाएको छ । अमेरिका र इरानबीच सन् १९८० देखि कूटनीतिक सम्बन्ध छैन ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.