विवाह पञ्चमी : साधुसन्तलाई ५६ भोग (परिकार) अर्पण
जनकपुरधाम : ‘राजा जनकजी के बाग मे अलवेला दुल्हा आयो रे’ ...,
यो गीतमार्फत बेहुला र जन्तीहरूसँग हाँसो ठट्ठाको माध्यम पारम्परिक लोक गीत हुन्। सप्ताहव्यापी रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत महोत्सवको सातौ दिन राम कलेवा अन्तर्गत भगवान रामलाई ५६ भोग अर्पण गरिएको छ।
राम जानकीको विवाह भएको स्थलमा रामका ३ भाई लगायत जन्तीमा सहभागीलाई भोजन गराउने कार्यक्रमलाई ‘राम कलेवा’ भनिन्छ।
राम कलेवाको अवसरमा सहभागी सवैका सामु मनोरञ्जनका कार्यक्रम, भजन किर्तन लगायतमा कायक्रम प्रस्तुत गरिन्छ। राम कलेवा रामजानकी विवाह पञ्चमीको अन्तिम एवं सम्पन्न विधि हो।
विवाह पञ्चमीको आकर्षण राम, लक्ष्मण, भरत, शत्रुधनलाई ५६ भोग अर्पण भइरहँदा जनकपुरधामका महिला श्रद्धालुले गाली सहित अक्षता वर्षाएर हर्ष बढाइँ गरे।
मिथिलानी नारीहरूले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुघन तथा अयोध्यावासीलाई जिस्काएका थिए। मिथिलाञ्चलमा मौहकका लागि लगाइएको खिर बेहुलाले सहजै नखाने परम्परा रहेको छ। रामले खीर खान नमानेपछि मिथिला नारीहरू गाउँछन्।
संगी पुछियौ ग दुलहा रुसल छथि किए
जनकपुरसन बजार घडी मिलए हजार
बिना अर्थक मनोरथ पुरबै कोना
संगी पुछियौ ग दुलहा रुसल छथि किए
जनकपुरसन बजार सुट मिलए हजार
संगी पुछियौ ग
राजा जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भगवान रामलाई कोशेली दिएपछि खिर खान सुरु गरेपछि फेरि गीत गाउने महिलाहरूको टोलीले गाए।
खिर खाउ यौ दुलहा,
खुब मटाउ यौ दुलहा
अपन चोटकल चोटकलसन
गालके फुलाउ यौ दुलहा
मैया पुछत बौवा दुबर छी किए
अहाँ अपन साउसके नाम नहि हँसाउ यौ दुलहा
खिर खाउ यौ दुलहा
रघुवर चारै भाइका साथै अयोध्याबाट आएका शाधुसन्तलाई समेत आदरका साथ भोजन ग्रहण गराइएको थियो। जन्ती तथा राजा दशरथलाई समेत गीत गाउने महिलाहरूले मैथिली परम्परा अनुसार लोकगीत डहकन गाएर गाली गरे।
रामायणकालीन परम्परालाई निरन्तरता दिँदै ‘रामकलेवामा’ मा सहभागीहरूलाई जानकी मन्दिरबाट बिदाई स्वरुप भाृजन पश्चात नगद सहित कम्मल, दोसल्ला, गम्छा सहित बिदाई समेत गरियो। हर्षित जनकपुरबासीले गाउँदै थिए।
‘आजु जनकपुर मंगल हे....
दुलाहा बनल श्रीराम हे...।’
साताव्यापी राम–जानकी विवाह महोत्सव मार्फत मिथिलाको वैवाहिक विधि विधान उद्दघाटित हुने जानकी मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन्।
विवाहका क्रममा हुने नगरदर्शन, तिलक, मटकोर, जन्ती र मरजादको भोजको आयोजनाले धार्मिक महोत्सवलाई सांस्कृतिक स्वरुप प्रदान गरेको छ।