मुस्ताङमा बदर मतको सख्या न्यून

मुस्ताङमा बदर मतको सख्या न्यून

जोमसोम: मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बदर मतको सख्या न्यून रहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।

आयोगले लागु गरेको मतदाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाईएकाले मुस्ताङमा बदर मतको सख्या कम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मुस्ताङमा प्रतिनिधि सभा प्रत्यक्षतर्फ एक दशमलव २ प्रतिशत र प्रदेशसभा प्रत्यक्षतर्फ शून्य दशमलव ९ प्रतिशत मत बदर भएको छ । मुस्ताङमा कुल मतदाता १० हजार ९५७ जना रहेकोमा ६५ दशमलव ९८ प्रतिशत मतदान भएको थियो । प्रतिनिधि सभातर्फ कुल मतदाता मध्ये ७ हजार २५८ मत खसेको थियो । जसमध्ये ७ हजार १७० मत सदर भएको थियो भने ८८ मत बदर भएको थियो ।

यसैगरी प्रदेशतर्फ कुल मतदाता मध्ये ७ हजार २५६ जनाले मतदान गरेका थिए । जसमा ७ हजार १७७ मत सदर भएको थियो भने जम्मा ६९ मत मात्र बदर हुन पुगेको जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए । उनका अनुसार प्रतिनिधि र प्रदेश (१) र (२)मा गरी कुल १५७ मत मात्र बदर भएको थियो ।

मुस्ताङ प्रदेश (१)मा कुल मत ३ हजार ४४१ मध्ये १ हजार ८५५ मत खसेको थियो । जसमध्ये सदर मत १ हजार ८४१ र बदर मत जम्मा १४ छ । यहाँ शून्य दशमलव ७४ प्रतिशत मत बदर भएको हो । यसैगरी मुस्ताङ प्रदेश ( २ )मा कुल ७ हजार ४१६ मतदाता मध्ये ५ हजार ४०१ मत खसेको थियो । यहाँ ७२ दशमलव ८२ प्रतिशत मतदान भएको थियो । प्रदेश (२)मा जम्मा ५५ मत अर्थात एक दशमलव ०१ प्रतिशत मत बदर भएको छ । 

प्रतिनिधि सभा समानुपातिकतर्फ पनि बदर मतको सख्या एकदमै कम देखिएको छ । प्रत्यक्षभन्दा प्रतिनिधि सभा समानुपातिकमा शून्य दशमलव २ प्रतिशत बढी मात्र बदर भएको हो । प्रतिनिधि सभा समानुपातिकमा कुल मतदाता ११ हजार ३९८ मतदाता रहेकोमा ७ हजार ६९९ मतदाताले मतदान गरेका थिए । जसमध्ये  ७ हजार ५५७ अर्थात ६९ दशमलव ९ प्रतिशत मत सदर भएको थियो भने १४२ मत अर्थात एक दशलमव ८ प्रतिशत मत बदर भएको थियो ।

प्रदेश समानुपातिकतर्फ कुल १०९५७ मतदाता मध्ये ७ हजार २५५ मत खसेको थियो । जसमध्ये १६८ मत अर्थात दुई दशमलव ३ प्रतिशत मत बदर भएको थियो । यहाँ ७ हजार ८७ मत सदर भएको थियो ।
जिल्लाको एक मात्र अस्थायी मतदान केन्द्र जिल्ला कारागारमा २१६ जनाले मतदान गर्नुपर्नेमा जम्मा ९९ मत मात्र खसेको थियो । 

निर्वाचनमा खटिएका र अस्थायी मतदाता नामावलीमा नाम भएका कुल ४४१ जनाले मतदाता थिए ।

यसपटकको प्रतिनिधि सभामा एकै पटक अलग/अलग फरक/फरक मत पत्र लिएर क्रमैसंगै मतदान गर्नुपर्ने भएकाले पनि बदर मतको सख्या कम भएको बताईन्छ । तर,गत स्थानीय तह निर्वाचनमा एकै पटकमा अध्यक्ष/उपाध्यक्षसहित ७ जना बढीलाई मतदान गर्नुपर्ने भएकाले बदर मत बढी हुन पुगेको थियो । स्थानीय तह निर्वाचनमा पूर्ण बदर र आशिंक बदर मतको सख्या बढी थियो ।

२०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचन मंसिर १० र मंसिर २१ गते सम्मपन्न भएको थियो । तर,सोही निर्वाचन र अहिले भएको निर्वाचनमा जम्मा ६ दिनको मात्र फरक थियो । तर,पहिलो निर्वाचन भन्दा यसपटक मतदान गर्नेको सख्या कम छ । 

२०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुस्ताङमा ७१ दशमलव ८४ प्रतिशत मतदान भएको थियो । प्रदेश (१)मा ५८ प्रतिशत र प्रदेश(२)मा ७९ प्रतिशत मतदान भएको थियो । २०७४ को निर्वाचन भन्दा यसपटक करिव ६ प्रतिशत कम मतदान भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.