धनुषाबाट ‘महासेठ दम्पति’ विजयी

धनुषाबाट ‘महासेठ दम्पति’ विजयी

जनकपुरधाम: नेकपा एमालेका सचिव रघुवीर महासेठ दम्पतिले विजयी हासिल गरेको छ। 

एमालेका सचिव महासेठ र केन्द्रीय सदस्य जूली महतो धनुषाबाट निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधि सभाको यात्रा सुनिश्चित भएका छन् ।

धनुषा निर्वाचन ४ मा महासेठले यादवलाई १२४ मतान्तरले पराजित गरेका हुन् । महासेठले ३२ हजार २ सय ३६ मत ल्याए भने यादवले ३२ हजार ११२ मत ल्याएर पराजित भए । यस्तै महासेठकी श्रीमती जुलीकुमारी महतो एमालेबाटै धनुषा ३ बाट निर्वाचित भएका हुन् । उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिलकुमार झालाई पराजित गर्दै प्रतनिधि सभामा पुगेकी हुन् ।

रघुवीर र जुली दुवैले विजयीसँगै धनुषाबाटै श्रीमानश्रीमती प्रतिनिधि सभामा विजयी भएका हुन् । तीन दशकअघि पञ्चायत्कालमा हेमबहादुर मल्ल र उनको पत्नी शारदा मल्ल दुबैजना धनुषाबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.