सुकुमबासी आन्दोलित

सुकुमबासी आन्दोलित

काठमाडौं : थापाथलीस्थित बाग्मती नदी किनारका सुकुमबासीले मंगलबार पनि दिनभर आन्दोलन गरे। सरकारी जग्गा अतिक्रमण गरी बसेका सुकुमबासी बस्ती हटाउन महानगरले आइतबार डोजर लिएर बस्ती प्रवेश गरेपछि स्थानीयले विरोध र प्रतिकार गरेका थिए। 

काठमाडौं महानगरका सहायक प्रवक्ता महेशकुमार काफ्लेका अनुसार मंगलबार बिहान सुकुमबासी बस्तीका ३ सयभन्दा धेरै व्यत्तिाmहरू महानगर घेर्न गएका थिए। थापाथलीबाट नारा जुलुस गर्दै गएका उनीहरूले महानगरविरुद्ध नारा लगाएका थिए। उनीहरूले काठमाडांैका मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरे। विकल्प नदिई बस्तीमा डोजर चलाउन लागेको भन्दै विरोध जनाए। प्ले कार्ड र ब्यानर बोकेर महानगर घेर्न पुगेका सुकुमबासी महानगरप्रति आक्रोश पोखे। उनीहरूले मेयर शाहको पुत्लासमेत जलाए। शव राख्ने बाकस कफिनमाथि बालेनको फोटो राखेर जलाए। त्इसैगरी प्रदर्शनकारीले थापाथलीको सुकुमबासी बस्ती छिर्ने मुख्य बाटाहरूमा टायर बालेर प्रदर्शन गरे।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो। बागमती सभ्यता विकास अभियानका अनुसार नदी किनारमा अतिक्रमण गरेर १३६ घरटहरा बनाइएको छ। १३६ घरमा ६ हजार बढीको बसोबास रहेको अनुमान छ।

समितिले नदी किनारमा रहेका सार्वजनिक भवन, किरियापुत्री भवन, साइसेवा केन्द्रका भवनहरू, अनावश्यक संरचना, महानगरको सहयोगमा भत्काइसकेको छ। घरटहरा खाली गर्न अग्रिम सूचना जारी गरेको थियो। सूचनालाई लत्याउँदै सुकुमबासीले घरटहरा भत्काउन नपाइने बताएका छन्। उनीहरूको बसाइ सार्न विकल्प दिनुपर्नेमा जोड दिएका छन््। सुकुमबासी बस्ती हटाउन डोजरसहित पुगेको महानगरको टोली र बस्तीका बासिन्दाबीच झडप भएको थियो। झडपका क्रममा महानगर सुरक्षा बलका १८ नगर प्रहरी घाइते भएका थिए। महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको टाउकोमा चोट लागेको थियो। बस्तीका बासिन्दाले हातहतियारसहित प्रदर्शन गरेपछि महानगरका मेयर साहले सामाजिक सञ्जालमार्फत केन्द्रीय सरकारको भूमिकाबारे प्रश्न गरेका थिए। उनले अतिक्रमणमा परेको सरकारी जग्गा फिर्ता ल्याउने विषयमा केन्द्रीय सरकारले पनि सहयोग गर्नुपर्ने बताएका छन्। यसका साथै मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर थापाथलीस्थित सुकुमबासी बस्ती हटाउन सरकारको साथ मागेका छन्।

महानगर कर्मचारीलाई ढुंगामुढा गर्ने तथा आपराधिक शैली देखाउनेविरुद्ध कानुनी उपचारमा जाने काठमाडौं महानगरका सहायक प्रवक्ता महेशकुमार काफ्ले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.