बागलुङका १८ उम्मेदवारको जमानत जफत

बागलुङका १८ उम्मेदवारको जमानत जफत

बागलुङ : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागलुङका १८ उम्मेदवारको धरौटी रकम जफत भएको छ। जिल्लामा ३१ जनाले चुनावी प्रतिस्पर्धा गरेका थिए। 

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा प्रतिनिधिसभा सदस्यतर्फ ८ र प्रदेशसभा सदस्यतर्फ १० जना उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय बागलुङ सूचना अधिकारी गोकुल शर्मा जानकारी दिए। 

शर्माले क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका ३ जना र प्रदेशसभाका ५ जनाको जमानत जफत भएको बताए। ६ जना उम्मेदवार रहेको क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार लक्ष्मी प्रसाद सापकोटा, नेपाली कांग्रेस बिपीका उमेद्वार सिवलाल सापकोटा र स्वतन्त्र उम्मेद्वार चन्द्रबहादुर क्षत्रीको जमानत जफत भएको छ। उनीहरुले बदर मतभन्दा पनि कम मत प्राप्त गरेका छन्। 

एक हजार ६ सय ६९ बदर मत रहेको यस क्षेत्रमा राप्रपाका सापकोटाले ९ सय ३, काँग्रेस विपीका सापकोटाले १ सय २५ र स्वतन्त्र क्षेत्रीले १ य ९३ मत प्राप्त गरेका छन्। ९ हजार ६ सय ६६ मतदाता मध्य यस क्षेत्रमा ५२ हजार ३ सय ९२ मत खसेको थियो भने ५ हजार ७ सय २३ मत सदर रहेको सूचना अधिकारी शर्माले बताए। 

यस क्षेत्रको प्रदेश ‘क’ मा पाँच जना उम्मेदवार मध्य तीन जनाले जमानत जोगाउन सकेनन्। ५० हजार २ सय ८० मतदाता मध्य २८ हजार ८ सय ५७ मत खसेको यस क्षेत्रमा राप्रपाका डिल्लीप्रसाद आचार्य (१४५१), सामाजिक एकता पार्टीका भक्त बहादुर विक (३०७) र स्वतन्त्र उम्मेदवार दिपेन्द्र हमाल (१४९)को जमानत जफत भएको सूचना अधिकारी शर्माले बताए। उनले यस क्षेत्रमा ६३४ मत बदर भएको जानकारी दिए। यस्तै प्रदेश ‘ख’मा राप्रपाका गोविन्द सापकोटा र मंगोल नेशनल अर्गनाइजेसनका सहविर थापाको जमानत जफत भएको छ। सापकोटाले ६ सय ३० र थापाले २ सय २५ मत मात्रै पाए। यो क्षेत्रमा २१ हजार ५ सय २२ मत सदर हुँदा ५ सय ७९ मत बदर रहेको छ।

बागलुङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार दिएका १६ उम्मेदवार मध्ये १० जना उम्मेदवारको जमानत जफत भएको छ। क्षेत्र नम्बर २ को प्रतिनिधिसभाका ५ जना र प्रदेशसभाका ५ जनाको जमानत जफत भएको सूचना अधिकारी शर्माले बताए।
शर्माले ७ जनाको उम्मेदवारी रहेको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तिला खत्रीसहित पाँच जनाको जमानत जफत भएको बताए। 

उनले खत्रीले २ हजार ३ सय २५, नेपाल दलित पार्टीका टेकप्रसाद कामीले २२३, राष्ट्रिय जनमुक्ति पार्टीका चित्र्रप्रसाद गुरुङले १०९, स्वतन्त्र तुलसीराम अर्यालले ४०७ र डिल बहादुर कार्कीले ३७ मत प्राप्त गरेकाले उनीहरुको जमानत जफत भएको बताए। बागलुङ–२ मा ४८ हजार ६० मत सदर र ३ सय ७५ मत बदर मत छ।

यस्तै क्षेत्र २ प्रदेशसभा ‘ख’का पाँच जनाले जमानत जोगाउन सकेनन्। ७ जनाको प्रतिस्पर्धा रहेको प्रदेश ‘ख’मा नेपाल दलित पार्टीका टेक प्रसाद कामीले २७७, मंगोल नेशनसल अर्गनाइजेशनका तारा बहादुर घर्ती मगरले २३७, जनता समाजवादी पार्टीका गंगाबहादुर घर्तीले ४४, स्वतन्त्र नरबहादुर गुरुङले ३४१ र दुर्गादेवी घर्ती मगरले ६ मत प्राप्त गरेका छन्। उनीहरु सबैको जमानत जफत भएको सूचना अधिकारी शर्माले बताए। यस क्षेत्रमा २२ हजार ६ सदर मत र १ हजार  २ सय १५ बदर मत रहेको छ। 

धरौटी रकम जोगाउन उम्मेदवारहरूले आफ्नो क्षेत्रमा खसेको कुल मतमध्ये सदर मतमा १० प्रतिशत मत ल्याउनुपर्ने कानुनी प्रावधान छ। १० प्रतिशत मत ल्याउने नसक्ने उम्मेदवारको धरौटी जफत भएको न्यौपानेले बताए। 

प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ ५ हजार उम्मेदवार दर्ता शुल्क तोकिएको थियो। आयोगले तोकिएको रकममध्ये महिला, दलित, अल्पसङ्ख्यकको हकमा ५० प्रतिशत उम्मेदवार दर्ता शुल्क छुट दिएको थियो। सोही अनुसारको धरौटी रकम जफत भएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.