मतदाता भेट्दै पूर्वमन्त्री पोखरेल, भन्छन् : चुनाव हारे पनि तपाइँहरुको मतलाई हार्न दिन्नँ

मतदाता भेट्दै पूर्वमन्त्री पोखरेल, भन्छन् : चुनाव हारे पनि तपाइँहरुको मतलाई हार्न दिन्नँ

जनकपुरधाम : महोत्तरी क्षेत्र नं. १  का प्रत्यासी गिरिराजमणि पोखरेलले निर्वाचन पश्चात गाउँ–गाउँमा पुग्ने अभियानलाई तीव्रता दिएका छन् । सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारद्वय गिरिराजमणि पोखरेल र पिताम्बर महतो जनताको घर–घरमा गएर मुस्कान सहित मतदातालाई धन्यबाद दिएका हुन्। 

महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १ मा पुगेका महतोले मतदातालाई धन्यवाद सहित जनअपेक्षा संकलन वडागत रुपमा सुरु गरिएको बताए । उनले भने, ‘जनता, मतदातासँग कतिबेला भेटुम भएको छ, अधैर्य प्रतिक्षामा छु, म निर्वाचन क्षेत्रको हरेक वडा र गाउँ–गाउँमा जनताको जनअपेक्षा संकलन गरेर अघि बढ्छु ।’

‘अन्तर्मनैदेखि धन्यवाद ! मतदाता र सबै सहृदयी मनहरुलाई । प्राविधिक रुपमा पराजित भएँ तर तपाईंले मनदेखि रोजेर मलाई मत दिनुभएको छ, म ती प्रत्येक मतको सम्मान गर्दछु । मैले हारे पनि तपाईंको प्रत्येक मतलाई हार्न दिने छैन । यही मेरो सङ्कल्प हो’, पूर्व मन्त्री पोखरेलले यस क्षेत्रको जनताको लागि थालनी गरेको कामको पूर्णताका लागि जनप्रतिनिधि नरहे पनि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले निर्वाचनमा विजय र पराजय प्राविधिक कुरा भएकोले जनतासँगको सामिप्यतासँग जोडिएर निरन्तर सहकार्यमा रहने बताए । उनले भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि निरन्तर जनताको माझमा रहेर समस्या समाधान गर्ने कुरामा सधै प्रतिबद्ध रहनेछु ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.