भारतमा एकै परिवारका छ जनाको जलेर मृत्यु,  तीन गम्भीर घाइते

भारतमा एकै परिवारका छ जनाको जलेर मृत्यु,  तीन गम्भीर घाइते

नयाँ दिल्ली : विद्युत् प्रवाहमा गडबडी उत्पन्न भइ फिरोजावाद (उत्तरप्रदेश)को एक आवासीय भवनमा आगालागी हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

मङ्गलबार राति लागेको आगोमा परेर तीन जना बालबालिकाको पनि ज्यान गएको फिरोजावादका प्रहरी उपरीक्षक आशिष तिवारीले बताए । आग्रा, इत्हा, मनिपुरीलगायत १८ वटा अग्निसमन केन्द्रका जवान र फिरोजावादसहित १२ वटा प्रहरी कार्यालयका सुरक्षाकर्मीको सयोगमा राति अबेर आगो निभाइएको उनले बताए । 

आगलागीको उक्त घटनालाई गम्भीररूपमा लिँदै मुख्यमन्त्री आदित्यनाथसहितको उच्च अधिकारीको टोली राति नै  घटनास्थलमा पुगेर वस्तुस्थिति बुझ्नका साथै त्यसले सम्बद्ध निकाय तथा पदाधिकारीलाई तत्काल राहतका  कार्य थाल्न निर्देशन दिएको थियो । 

मुख्यमन्त्री कार्यालयले दिवङ्गतहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । मुख्यमन्त्रीले घाइतेलाई तत्काल अस्पताल लैजान र उचित उपचार गर्न जिल्ला प्रशासनका पदाधिकारीलाई निर्देशन दिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई तत्काल दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.