मधेश प्रदेशको मुख्यमन्त्रीमा मेरो दाबी स्वभाविक  : रामचन्द्र मण्डल

मधेश प्रदेशको मुख्यमन्त्रीमा मेरो दाबी स्वभाविक  : रामचन्द्र मण्डल

जनकपुरधाम : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक भएसँगै मधेश प्रदेशमा मुख्यमन्त्री को भन्ने विषयले चर्चा पाएको छ । प्रदेशसभाको प्रत्यक्ष ६४ सिटमध्ये १३ प्रत्यक्ष सिटमा र समानुपातिकमा सबैभन्दा बढी मत ल्याएको नेकपा एमाले भित्र मुख्यमन्त्री बन्नका लागि दौडधुप सुरु भएको छ । 

मुख्यमन्त्रीमा एमालेका केन्द्रीय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज रामचन्द्र मण्डलको चर्चा पहिलो स्थानमा छ । १०७ सदस्यीय ( ९६४ प्रत्यक्ष ४३ समानुपातिक) प्रदेशसभामा एमाले जसपा गठबन्धनले जनमत र स्वतन्त्रसँग मिलेर सरकार बनाउने कसरतमा जुटेको छ । एमाले एक्लै १४, कांग्रेस १३, जसपा ९, लोसपा ७, जनमत ६, माओवादी ४, एकीकृत समाजवादी ४ र स्वतन्त्र ६ सिट हासिल गरेको छ । 

नेकपा माओवादी केन्द्रबाट पार्टी विभाजन हुँदा सांसद पद त्याग गरेर एमालेमै बसेको योगदान, व्यक्तित्व र समावेशीताका कारण पनि धनुषा १ ‘ख’बाट निर्वाचित मण्डल निर्विकल्प मुख्यमन्त्रीको दाबेदार भएको एमालेले जनाएको छ ।

पार्टीले रामचन्द्र मण्डललाई मुख्यमन्त्रीको पहिलो प्राथमिकतामा राखेको एमाले श्रोतको भनाइ छ । 
अब बन्ने सरकारको मुख्यमन्त्रीका लागि आफ्नो दाबी स्वाभाविक भएको मण्डलले बताएका छन् । यसअघि माओवादीमा रहदा संसदीय दलको नेता र एमालेमा रहदा पार्टीप्रतिको लगाव र मेहनतले स्थानीय निर्वाचनमा खेलेको भूमिका तथा प्रदेशसभा निर्वाचनमा एमाले जसपा गठबन्धनलाई विजयी गराएको नाताले पनि मुख्यमन्त्रीका लागि आफ्नो दाबी स्वभाविक रहेको मण्डलले बताए । 

‘मुख्यमन्त्री राजनीतिक सहमतिबाट टुंगिने विषय हो । मधेश प्रदेशका जनताले मलाई नै खोजिरहेको महशुस गरेको छु । एमालेको सबैभन्दा बढी हैसियत भएको र योग्यता, क्षमताको आधारमा पनि मलाई नै अघि बढाउन तयार हुनुहुन्छ । त्यसकारण अब बन्ने सरकारको मुख्यमन्त्री पदमा मेरो दाबी स्वाभाविक छ,' उनले भने ।

‘प्रदेशसभामा ठूलो दल एमालेको नेतृत्वमा सरकार बनाउने गरी राजनीतिक सहमति गर्छौं,' उनले भने । उनले आफ्नो नेतृत्वमा एमाले–जसपा, जनमत र स्वतन्त्र सहितको सरकार बन्ने र प्रदेशका जिल्लामा गरिब, निमुखा, घरबारविहीनलाई घर बनाई जनतालाई हस्तान्तरण गरिने बताए । 

मण्डलले जनताको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकास, ग्रामीण विद्युतीकरण, कृषि तथा पशुपालनलाई प्राथमिकता दिइने बताए । सबै जाति, भाषा, धर्म, सम्प्रदायको हितमा प्रदेश सरकारका गतिविधि अगाडि बढाइने उनको योजना छ । प्रदेशमा औद्योगिक क्षेत्रको विकास एवं विस्तार, साना तथा घरेलु उद्योगको प्रवद्र्धन, पर्यटकीय क्षेत्रमा टेवा पुग्ने गरी सरकारले काम गर्ने मण्डलले बताए । ‘दुःखलाई सुखमा बदल्न पहल गर्छौं । गरिब, निमुखा, सेवामुखी, न्यायमुखी र आयमुखी नीति लिनेछौं । व्यवस्था धेरै पटक बदलियौं। अब जनताको अवस्था बदल्नेछौं,' मण्डलले भने ।

धनुषा क्षेत्र नम्बर १ (ख) बाट दोस्रो पटक निर्वाचित भएका हुन् । उनले सत्तारुढ गठबन्धनका लोसपा उम्मेदवार संजय सिंह ३ हजार १ सय १७ मतान्तरले पराजित गरेका हुन् । मण्डललाई मुख्यमन्त्रीमा अघि सार्न धनुषा निर्वाचन क्षेत्र नं २ (ख) का लखनलाल दासले समर्थन गर्ने जनाएका छन् । अहिलेकै अस्थामा प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्रीको दाबी पेश गर्ने त्यसले बन्ने सरकारको विषय निर्धारण गर्नेछ । 

मण्डलले एमालेका हरिनारायण महतो, मो. समिर, लखन लालदास जस्ता साथीहरु आफ्नो पक्षमा रहेकोले मुख्यमन्त्रीमा स्वभाविक दाबी रहेको बताए । उनले भने, ‘केन्द्रीय हेडक्वाटरसम्म कुरा पुगिसकेको छ, वहाँहरु पनि सकारात्मक हुनुहुन्छ, त्यसैले मेरो अनुभव र संसदीय अभ्यासलाई अगाडि बढाउन मेरो आवश्यकता पर्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.