महानगरले सुकुम्बासीमाथि ज्यादती गर्यो: राष्ट्रिय भूमि आयोग (भिडियो वार्ता)
काठमाडौं: काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा भएको झडपपछि बस्तीका बासिन्दा लगातार प्रदर्शनमा छन् भने सरोकारवालाले महानगरले ज्यादती गरेको आरोप लगाउन थालेका छन् ।
राष्ट्रिय भूमि आयोगले पनि महानगरले सुकुम्बासी माथि ज्यादती गरेको आरोप लगाएको छ । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले महानगरका मेयर बालेन्द्र साह(बालेन)लाई दम्भ नदेखाउन चेतावनी पनि दिएका छन् ।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै खड्काले आयोगसँग गत भदौ ९ गते गरेको सम्झौताअनुसार महानगरले सुकुम्बासी पहिचानका लागि लगत संकलनलगायतका काम नगरेको र आयोगको काममा नै 'भाजो' हालेको बताए ।
नदी र नेवाः सभ्यता १५ दिनमा नफर्कने भन्दै उनले केही समय कुरेर सुकुम्बासीको व्यवस्थापनमा सघाउन आग्रह गरे । अहिलेको अहिलै सुकुम्बासीसँग जाइलाग्दा काठमाडौँ स्वर्ग नबन्ने उनको तर्क छ । हेर्नुहोस् खड्कासँगको कुराकानी ।