सर्वदलीय बैठकमा एमाले गएन
बाजुरा: निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना सञ्चालन गर्ने निर्णय गरेको छ ।
आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा सर्वदलीय बैठक बोलाए पनि नेकपा एमाले उपस्थित नभएपछि बैठक निष्कर्षबिहीन भएको छ ।
सर्वदलीय बैठकमा नेकपा एमालेबाहेकका दल सहभागी थिए । बैठक भोलि बिहान ७ बजेलाई बोलाइएको नेकपा समाजवादीका नेता पुर रावतले बताए । नेकपा एमाले सहभागी नभएपछि एमालेमा बैठकमा सहभागी हुन आह्वान गर्दै भोलिलाई बैठक बोलाइएको रावलले बताए ।
एमाले बाजुराले भने चेतन ऐडीको हत्यामा संलग्न पक्राउ गर्नुपर्ने, ऐडीको न्याय माग्दै शान्तिपुर्ण आन्दोलनका बेला गिरफ्तार भएकालाई निसर्त रिहा गर्नुपर्ने अडान राखेको छ । आफ्ना माग पूरा नभएसम्म बैठकमा नजाने एमाले बाजुराका सचिव भरत थापाले बताए ।
प्रतिक्रिया दिनुहोस !
१