सञ्चारमन्त्री कार्की र कुसियैतको मतान्तर सयभन्दा कम
सुनसरी : सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रसका ज्ञानेन्द्र कार्कीसँग एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले मतान्तर घटाएका छन्। सञ्चारमन्त्रीसमेत रहेका कार्कीभन्दा कुसियैत ९४ मतले पछि छन्।
पछिल्लो मत परिणामअनुसार कार्कीले २८ हजार ९० मत प्राप्त गरेका छन् भने कुसियैतले २७ हजार ९९६ मत ल्याएका छन्। दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।