सुनसरी - ४ मा ४१ मतले ज्ञानेन्द्र कार्कीको अग्रता
सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा कडा प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले पुन : अग्रता लिएका छन्। मन्त्री कार्कीले ३० हजार २१४ मत ल्याउँदा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार १७३ मत प्राप्त गरेका छन्।
सत्ता गठबन्धनका उम्मेदवार कार्की र कुसियैतको ४१ मतान्तर रहेको छ।