अमेरिकासँग फुटबल हार्दा खुसी मनाउने एक व्यक्तिलाई इरानी प्रहरीले गोली हान्यो

अमेरिकासँग फुटबल हार्दा खुसी मनाउने एक व्यक्तिलाई इरानी प्रहरीले गोली हान्यो

बगदात : इरानमा विश्वकप फुटबलमा अमेरिकासँग हारेको उत्सव मनाउने  एक व्यक्तिलाई सुरक्षा बलले गोली हानेर मारेको दाबी गरिएको छ ।

बीबीसी समाचार  अनुसार उत्तरी इरानमा सरकार विरोधी प्रदर्शनकारीहरूले सार्वजनिक रूपमा देशको फुटबल टोली विश्वकपबाट बाहिरिएकोमा उत्सव मनाइरहेका थिए।

मंगलबार राति बन्दर अन्जालीमा कारको हर्न बजाएपछि मेहरान सामकको निधारमा गोली लागेको केही एक्टिभिस्टले बताएका छन् ।

अन्य सहरमा पनि भिडियोहरूमा भीड सडकमा नाचिरहेको देखाइएको छ।

धेरै इरानी नागरिकले कतारमा आफ्नो फुटबल टोलीलाई समर्थन गर्न अस्वीकार गरे। ती मानिसका अनुसार यो टोली इस्लामिक गणतन्त्र इरानको प्रतिनिधित्व गर्दैछ।

इरानको सरकारी मिडियाले टोलीमाथि अनावश्यक दबाब दिनुमा देशभित्र र बाहिरका विपक्षी शक्ति दोषी भएको बताइएको छ। समूह चरणको अन्तिम खेलमा इरानको टोली अमेरिकासँग पराजित भएको थियो ।

फुटबल खेलाडीहरूले पनि देशमा प्रदर्शनकारीलाई ऐक्यबद्धता जनाउन इंग्ल्याण्ड विरुद्धको उद्घाटन खेलअघि राष्ट्रिय गान गाउन अस्वीकार गरे।

एक साताअघि महसा अमिनी नामकी २१ वर्षीया युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा देशभर प्रदर्शन भइरहेको छ ।

युवतीले आफ्नो हिजाब राम्रोसँग नलगाएको भन्दै हिरासतमा लिइएको दाबी गरिएको थियो । तर, इरानी प्रशासनले अमिनीको हृदयघातका कारण मृत्यु भएको जनाएको छ । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.