ह्वाट्स एपले एक महिनामा किन बन्द गर्यो २३ लाख भारतीयको अकाउन्ट ?
नयाँ दिल्ली : ह्वाट्स एपले एक महिनाको अवधिमा २३ लाख बढी भारतीयको अकाउन्ट बन्द गरिदिएको छ।
अक्टुबर महिनामा २३ लाख बढि भारतीयहरुको अकाउन्ट बन्द गरेको कम्पनीले जनाएको छ। यसबारे जानकारी दिँदै कम्पनीले अक्टोबर १ देखि अक्टोबर ३१ सम्म २३ लाख २४ हजार ह्वाट्स एप अकाउन्ट बन्द गरेको बताएको छ।
कम्पनीका अनुसार प्रयोगकर्ताबाट गुनासो आएपछि ह्वाट्स एप अकाउन्टहरु बन्द गरेको हो। २३ लाख अकाउन्टमध्ये ८ लाख ११ हजार अकाउन्ट गुनासोअघि नै बन्द गरिदिएको थियो।
भारतीय प्रयोगकर्ताहरुले गुनासो गरेपछि अकाउन्ट बन्द गरिदिएको ह्वाट्स एपले आफ्नो रिपोर्टमा भनेको छ।
अक्टुबरमा मात्रै ७०१ जनाले अकाउन्ट बन्द गरिदिन आग्रह गरेका थिए। तीमध्ये ३४ अकाउन्ट बन्द गरेको थियो।
आइटी नियम २०२१ अनुसार कम्पनीले निर्देशिका जारी गरेको छ। निर्देशिका उल्लंघन गरेको भन्दै हवाट्स एपले लाखौं खातामा प्रतिबन्धन लगाउँदै आएको छ।