निर्वाचनको ११ दिनपछि बाजुरामा मतगणना सुरु

निर्वाचनको  ११ दिनपछि बाजुरामा मतगणना सुरु

काठमाडौं : बाजुरामा मतगणना सुरु भएको छ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा मतदानस्‍थलमा विवाद भएपछि रोकिएको मतगणना ११ दिनपछि सुरु भएको हो।

मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नव निर्मित भवनमा मतगणना भइरहेको छ। मतगणना स्थल बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना सुरु गर्न बुधबार निर्णय गरेको थियो। तर, दलहरुबीच सहमति जुट्न नसक्दा मतगणनामा ढिलाइ भएको हो।

आयोगले मतगणनाको निर्णय गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले तीनपटक सर्वदलीय बैठक बोलाएको थियो। दुई पटक बसेको बैठक निष्कर्षविहीन बनेपछि आज बिहान तेस्रो पटक बसेको बैठकले मतगणनाका लागि सहमति जुटाएको हो। 

निर्वाचनका क्रममा मतदानस्थलमा झडप भएपछि दुईजनाले ज्यान गुमाएका छन्। सोही विषयलाई लिएर कांग्रेस र एमालेका कार्यकर्ताबीच उत्पन्न विवादले मतगणना प्रभावित भएको थियो।

प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सह-महामन्त्री बद्री पाण्डे र एमालेका कर्ण थापा चुनावी मैदानमा छन्।

यस्तै, राप्रपाका जंगकुमार गिरि,जनता समाजवादी पार्टीका रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल प्रतिस्पर्धामा छन्।

पाण्डे र थापाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

पाण्डेको अरु दलसँगको पहिलो प्रतिस्पर्धा हो भने थापासँग २०५६,२०६४ र २०७० मा चुनाव लडेको अनुभव छ।

दुवैजना राजनीतिक विरासत र केन्द्रीय राजनीतिमा राम्रो पकड भएका नेता हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.