स्याङ्जा २ मा कांग्रेसका धनराजले मतान्तर बढाउँदै

स्याङ्जा २ मा कांग्रेसका धनराजले मतान्तर बढाउँदै

स्याङ्जा : बुधबार रातिदेखि सुरु भएको स्याङ्जाको संसदीय निर्वाचन क्षेत्र नं २ मा मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रतालाई निरन्तर बढाउँदै लगेका छन्।

उनले नेकपा एमालेका पद्मा अर्याललाई २ हजार ५१० मतले पछि पारेका छन्। गुरुङले ८ हजार ८९९ मत पाएका छन्। अर्यालले ६ हजार ३८९ मतसहित गुरुङलाई पछ्याइरहेकी छन्।

सुरुवाती मतगणनामा एक पटक मात्र अग्रता लिएकी अर्याल त्यसपछि पछि पर्दै आएकी छन्। यसैगरी, तेस्रो स्थान बनाउन सफल रहेका राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले २ हजार ८८२ मत पाएका छन्।

यसैबीच, प्रदेश सभा (१) तर्फ कांग्रेसका भोजराज अर्यालको पनि अग्रता कायमै छ। अर्यालले नेकपा एमालेका उम्मेदवार मोहन रेग्मीलाई २ हजार ७७ मतले पछि पार्दै अग्रता लिएका छन्।

अर्यालले ८ हजार ७१३ मत पाउदा रेग्मीले ६ हजार ६३६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

समानुपातिक अन्तर्गत संघतर्फ १६ हजार १२४ गणना गर्दा नेपाली कांग्रेसको ६ हजार ९५२ र नेकपा एमालेको ५ हजार २५९, राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ५६३ र नेकपा माओवादी केन्द्रको १६४ मत छ।  

प्रदेशतर्फको १६ हजार ७९७ को गणना हुदा नेपाली कांग्रेसको ७ हजार ९१५ र नेकपा एमालेको ५ हजार ९३६, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६१७ र नेकपा माओवादी केन्द्रको १७५ मत रहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए।

स्याङ्जा-२ अन्तर्गतका गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७, भीरकोट नगरपालिकाको ५, ६, ७, ८ र ९ र वालिङ नगपालिकाको १, २, ५, ६, ७, ८ मत गणना भैसकेका छन्।

यहाँ ७० हजार १९१  मत खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.