स्याङ्जा- २ मा पद्मा अर्यालले घटाइन् धनराज गुरुङसँगको मतान्तर
स्याङ्जा : स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को प्रदेश २ को मतगणना सुरु भएको छ। कालीगण्डकी गाउँपालिकाको वडा नं. १ बाट मतगणना सुरु भएको हो। कालीगण्डकीको मतगणनामा नेकपा एमालेका पद्मा अर्यालले नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ्सँगको मतान्तरण घटाएकी छन्।
यस वडाको गणना सक्दा धनराजको १३ हजार २४० मत छ भने पद्मा अर्यालको ११ हजार ८०५ रहेको छ। उनीहरु बीचको मतान्तरण १ हजार ४३५ रहेको छ। यसअघि गुङले झण्डै २५ सय मतले अग्रता लिएका थिए।
यसैगरी, प्रदेशसभातर्फ नेकपा एमालेतर्फका उम्मेदवार बुद्धिमान गुरुङको १ हजार २१५ मत छ भने नेपाली कांग्रेसतर्फका महेश भट्टराईको ३ सय २ मत छ। यस प्रदेश अन्तर्गत कालीगण्डकी गाउँपालिका र चापाकोटका सबै वडाहरु र गल्याङ् नगरपालिकाका केही वडाहरु छन्।