आज पनि धनगढी तनावग्रस्त, विद्यार्थी र प्रहरीबीच झडप, दर्जनौं सेल अश्रुग्यास प्रहार

आज पनि धनगढी तनावग्रस्त, विद्यार्थी र प्रहरीबीच झडप, दर्जनौं सेल अश्रुग्यास प्रहार

धनगढी : आफ्ना सहकर्मीको मृत्युको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ। निषेधित क्षेत्रमा विद्यार्थीले प्रदर्शन गर्न थालेपछि भीड नियन्त्रण गर्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा बिहीबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको  छ।

निषेधज्ञाको अवज्ञ गर्दै विद्यार्थीहरु बिहानैदेखि चोकचोकमा भेला भएर प्रदर्शन गरिरहेका छन्।

ग्रेडरले च्यापिएर बिहीबार बिहान १० बजेतिर पञ्चोदय माविमा पढ्ने छात्रा चेतना साउदको मृत्यु भएको थियो। स्कुल जाँदै गरेकी १४ वर्षीया चेतनाको घटनास्थलमै मृत्यु भएको थियो। उनको मृत्युपछि विद्यार्थीहरुले दिनभरजसो प्रदर्शन गरेका थिए।

उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।  

त्यसपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.