जन्मसिद्धका सन्तानले नागरिकता पाउनुपर्छ: महासेठ
जनकपुरधाम: नेकपा एमालेका सचिव रघुवीर महासेठले सरकार निर्माण भएको तीन महिना भित्र जन्मसिद्धका नागरिककता सन्तानले नागरिकता पाउने बताएका छन् । त्यसो नभए फेरि मधेसमा आन्दोलन हुने उनले बताए ।
प्रेस चौतारी नेपाल धनुषाले गरेको अन्तरक्रियामा उनले भने, ‘जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता अनिवार्य पाउनुपर्छ । सरकार जसको बने पनि नागरिकले आफ्नो अधिकार पाउनुपर्छ ।'
धनुषाको निर्वाचन क्षेत्र नं. ४ मा बाट निर्वाचित महासेठले सत्ताको आडमा पाँच दलीय गठबन्धनले प्रशासनको दुरुपयोग गरेको बताए । धनुषा- २ मा प्रत्यक्ष तर्फको मत समानूपातिक ब्यालेटमा खसे बदर हुने कानूनी प्रावधानलाई लत्याएर सत्ता गठबन्धनको उम्मेदवार जिताउनेलाई कानूनी उपचार खोज्ने उनले बताए ।
माओवादीसँग तालमेलको कुनै योजना नरहेको बताउँदै महासेठले बामपन्थीहरुको नेता शेरबहादुर देउवा हुनै नसक्ने बताए । प्रचण्ड देउवासँग मिलेकाले नामका मात्रै बामपन्थीसँग एकता नहुने महासेठको तर्क छ।