बाजुरामा स्थगित मतगणना सुरु
बाजुरा : बाजुरामा स्थगित भएको मतगणना सुरु भएको छ। प्रतिनिधिसभातर्फको मतगणना बिहानबाट रोकिएको थियो।
मतगणना भर्खरै सुरु भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतपेटीकामा मुचुल्काभन्दा ४० मत बढि देखिएपछि विवाद भएको थियो।
बिहानको मतपरिणामअनुसार नेपाली कांग्रेसका बद्री पाण्डेले ५३९९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कर्ण थापाले ४१३० मत प्राप्त गरेका छन्।